हेलाँ सहेकी आमाकी छोरी पाइलट भइन्
दीपा तिमल्सिना
- ‘हिलोमा नै कमलको फूल फुल्छ । तर म हिलो होइन, तर पनि हिलो जस्तै भएँ । सायद हिलो नभएकी हुँ त कसरी कमलको फूल फुलाउन सक्थें ? आज म कमलको फूल जस्तै भएकी छु । हिजोसम्म मलाई देखेर आँखा तर्नेहरु आज बोल्न र भेट्न आतुर देख्छु ।’
यसो भनिरहँदा काठमाडौं असनकी प्रगीता तुलाधरले आँखाभरी आँशु छचल्कन्छ । शिक्षित र सम्पन्न परिवारमा विवाह गर्नुभएकी उहाँले कहिले पनि सोच्नु भएको थिएन की छोरी जन्माउँदा यति बिघ्न समस्या भोग्नुपर्छ भनेर ।
सम्पन्न घरका एक्ला छोरासँग बिहे भएकी उहाँले जब सन्तान जन्माउनुभयो, हिलोको यात्रा त्यहीँबाट सुरु भयो । पहिलो सन्तान जन्मिँदा केहि झमेला सहनुभएकी उहाँले क्रमशः दोस्रो र तेस्रो सन्तान जन्माएपछि भने हिलोमा खुट्टा गाडिए सरह भयो ।
‘जतिसुकै सम्पन्न र शिक्षित परिवार भएपनि सोचमा परिवर्तन नआएसम्म छोरी जन्मँदा अभिशाप मान्ने हाम्रो समाज अझै पनि यस्तो सोचबाटै ग्रसित छ’ तुलाधरले भन्नुभयो ।
तीनवटा सन्तान जन्माउनुभएकी उहाँले तीन सन्तान नै छोरी हुँदा भोग्नुपरेका समस्यालाई उतिबेला आँखाबाट बगाएपनि अहिले सम्झँदा त्यसलाई शक्ति मान्नुहुन्छ । ‘छोरी जन्माई भनेर हेलाँ नगर्दा हुन त म कसरी यहाँसम्म आइपुग्थें’ ३ छोरीकी आमा तुलाधरले भन्नुभयो, ‘जब छोरी कामबाट घर फर्कन्छिन् ढोका खोल्दै गर्दा खुशीले आँशु झर्छ । हिजो यही आँशु उ जन्मँदा झथ्र्यो ।’ तुलाधरले आँखाभरी आँशु पार्दै भन्नुभयो ‘अहिले म धेरै खुशी छु । जेठी छोरी पाईलट बनिन्, अरु दुईटी पढ्दैछन् ।’
तुलाधरलाई यो खुशीको दिनसम्म आईपुग्ने यात्रा निकै कठिन थियो । तर कठिन यात्रामा जब संगिनीको साथ र हात मिल्यो, यात्रा केहि सहज भयो । अमेरिकामा रहेकी संगिनीले जेठी छोरी ब्रिडिनालाई अमेरिकामा नै लगेर पढाईदिने वाचा गरेपछि उहाँलाई राहत मिल्यो । भगवान दाहिना भएपछि कसको के लाग्छ र । ब्रिडिनाको अमेरिका जाने भिसा पनि लाग्यो । त्यसपछि उनी उतै गएर पढ्न थालिन ।
छोरीलाई अमेरिका पढाएसँगै उहाँले पनि छिमेकी र साथीहरुको सहयोगमा सीप सिक्नुभयो ।
समयले अहिले कोल्टे फेरेको छ । हिजो बडार्न खोज्नेहरु अहिले आँखामा राख्न खोज्छन् । सँघर्षबाट सिकेको सीपले अहिले पहिचान नै बदलिदिएको छ । हिजो सिकारु उहाँ आज अरुलाई सिकाउनुहुन्छ ।
अमेरिकामा पढ्न गएकी छोरी ब्रिडिना अहिले पाईलट बनेर फर्किएकी छिन् । छोरी भएकै कारण हिजो स्कूलबाट फर्कदा ढोका समेत नखोल्दिने हजुरआमाले आज आफ्नो प्रशंसा गरेको देख्दा ब्रिडिना उसै दंग पर्नुहुन्छ ।
हिजो हेलाँ गर्ने सासु अहिले विरामी हुनुहुन्छ । पक्षघात भएको छ उहाँलाई । आफ्नो कमाईले सासुलाई औषधी उपचार गर्न पाउँदा खुशी लाग्छ प्रगीतालाई ।
‘सासु, नन्द र आमाजुले छोरी जन्माईस भनेर हेला गरेपनि श्रीमान र ससुराले दिनुभएको साथ नै अघि बढ्ने सहारा बन्यो’ तुलाधरले भन्नुभयो ।
‘आफू कमाउन सक्ने भए कसैले पनि केहि गर्न सक्दैनन, त्यसैले जतिसुकै घरको काममा व्यस्त भएपनि महिला घर बाहिर निस्कनुपर्छ र सीप सिकेर आफ्नै व्यवसाय गर्नुपर्छ’ कुराकानीका क्रममा उहाँले सुझाव दिनुभयो ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।