1

यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ आजदेखि लागू


 ६ फागुन 
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ आजदेखि लागू भएको छ । 

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आज यहाँ एक कार्यक्रमको आयोजना गरी यस ऐनसम्बन्धी विस्तृत जानकारी गराएको हो । मन्त्रालयका सहसचिव राधिका अर्यालले कार्यपत्र प्रस्तुत गर्दै पीडित महिलाले आफूमाथि भएको यौनजन्य हिंसाबारे कार्यालय प्रमुखलाई पहिले उजुरी दिने र त्यसको १५ दिनसम्म पनि पीडकमाथि कुनै कारबाही नभए सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिन सक्ने प्रावधान रहेको बताउनुभयो । 

कार्यस्थलमा भएको हिंसा प्रमाणित भएमा पीडकलाई ६ महिना कैद वा रु ५० हजार जरिवाना वा दुवै हुन सक्ने व्यवस्था रहेको छ । ऐनले कार्यस्थलमा यौनजन्य आशयले जिस्काएमा, हेरेमा, सोही प्रकारको प्रस्ताव राखेमा, पत्रिकामा यौनजन्य चित्र, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्रीको प्रयोग वा प्रदर्शन गरेमा त्यसलाई यौनजन्य दुव्र्यवहार मानेको छ । 

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीले ११ वर्षअघि सर्वोच्च अदालतले सो कानुन बनाउने निर्देशन दिइसकेको भए पनि विभिन्न अवरोध र कठिनाइका साथ अहिले लागू भएको बताउनुभयो । कार्यस्थलमा महिलामाथि हुने यौनहिंसालाई ‘वनमारा’ झारका रुपमा उल्लेख गर्दै मन्त्री केसीले भन्नुभयो–‘वनमारा झारलाई समयमै फाँड्न नसके यसले पूरै वनलाई आफ्नो कब्जामा लिन्छ, आज हामीले कार्यस्थलमा हुने यौनहिंसारुपी वनमारा झारलाई फाँड्न सफल भएका छौँ ।’ 

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top