1

मिथिलाको कुम्भ सुरु

 ६ फागुन 

 मिथिलाको कुम्भको रुपमा ख्याति प्राप्त १५ दिने मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । 


शताब्दीयौँदेखि पवित्र भूमिको परिक्रमा गर्ने चलनअनुरुप जनकपुरधामको परिक्रमा गर्ने श्रद्धाअनुसार मध्यमा परिक्रमाको परिकल्पना गरिएको हो ।

परिक्रमा कहिलेदेखि सुरु भयो यसका बारेमा कुनै लिखित आधार नभए पनि यसको महत्वका बारेमा मिथिला महात्म्य नामक ग्रन्थमा व्यापक रुपले चर्चा गरिएको छ ।

विद्वान्हरुले मिथिला महात्म्यलाई १८औँ शताब्दीको ग्रन्थ मानेका छन् । यसले गर्दा यसको प्रारम्भ १८औँ शताब्दी पूर्व नै भइसकेको अनुमान गरिन्छ ।

प्राचीनकालमा पाँच दिनको परिक्रमा गर्ने चलन रहेकामा विसं १९६४ मा यसलाई १५ दिने परिक्रमाको रुपमा परिणत गरिएको देखिन्छ ।

पन्ध्र दिने परिक्रमाअन्तर्गत कल्याणेश्वर, गिरिजास्थान, क्षिरेश्वर, धनुषाधाम र फेरि कल्याणेश्वर पुगी अन्त हुने गरेकामा १५ दिने परिक्रमाअन्तर्गत हनुमानगढी, कल्याणेश्वर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वर, धनुषाधाम, सतोषर, औरही हरुसाहा र विसौल रहेका छन् ।

फागुन अमावश्याका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मूल डोला सञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा राम सीताका मूर्ति सजाएर राखिएका हुन्छन् । जसले सम्पूर्ण परिक्रमा पथको नेतृत्व गर्दछ ।

परिक्रमामा सहभागी भएमा दुःख कष्टबाट मुक्ति हुने विश्वास रहेका कारण परिक्रमामा लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको छ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top