1

प्रधानमन्त्री भेट्न एकवर्षे सिंहदरबार यात्रा– ‘तर कहिल्यै भेट्न पाएनन्’


काठमाडौं,फागुन ९ – सुशील कोइराला नेतृत्वको सरकारले एक बर्षे उपलब्धी सुनाउने कार्यक्रम थियो– शुक्रबार अपरान्ह चार बजे प्रधानमन्त्री कार्यालयमा । विकास परिषदको हल खचाखच भरिएको थियो । सरकारी प्रवक्ता सञ्चारमन्त्री मिनेन्द्र रिजाल सरकारले एक वर्ष सम्म के दियो सुनाउदै थिए । तिनै हलबाहिर चौरमा एक जना कंशलाल मोक्तान  औंला ठाडो पार्दै भन्दै थिए,‘ प्रधानमन्त्रीलाई भेट्न धाएको एक बर्ष वित्यो, यो देशमा न्याय कसले दिन्छ ?’ कोइरालालाई भेट्न धाउने मोक्तान कुनै योजना पार्न भनसुनको लागि सिंहदरबार धाएका होइनन् । उनी आफ्नो पिताले प्रजातन्त्रको लागि गरेको बलिदानको हिसाब माग्न एक बर्ष सम्म प्रधानमन्त्री निवास धाए । कोइरालाले भेट्छु भन्दै आस देखाइरहे,उनी कोइराला सचिवालयको आसमा एक बर्ष सिंहदरबार धाइरहे तर कहिल्यै उनको आस पुरा भएन । ‘मेरो घर छैन, नेपाल नै मेरो ठेगाना हो । विगत सम्झदै उनले भने, ‘जो थियो लुटियो ।’ २०१७ सालमा उनको बाबा बलमान मोक्तानलाई तत्कालीन सरकारले हत्या गरेको रहेछ । उनी बाबाको सहिदको प्रमाणपत्र माग्नको लागि प्रधानमन्त्री कोइराला भेट्न एक बर्ष देखि धाएका रहेछन् । ‘ किसुनजी र बलबहादुर राईहरु मिलेर तत्कालीन उदयपुरगढी कब्जा गर्ने क्रममा वुवालाई १८ सालमा मारियो ।’ उनले आफ्नो पुर्खाको इतिहास खोतले ‘मेरो बुवालाई तत्कालीन सरकारले तपाईं आत्मसमर्पण गर्नुस् भन्नु भयो । तर बुवाले आत्मसमर्पण नगरेपछि सरकारले हत्या ग¥यो । यो निरंकुश शासन हामी बोक्न सक्दैनौं । मारे मार्नुस् भन्नु भयोरे, सरकारले हत्या ग¥यो ।’ ०५३ सालमा सहिद भन्दै रेडबुकमा उनको बाबाको नाम प्रकाशित भयो । उनका हितैसीहरुले ‘तपाईंको बुवाको नाम सहिदको रुपमा निस्केको छ । तपाईंले राहत पाउनुहुन्छ, तपाईं जानुस् भनेर सुझाए अनुसार उनी सिंहदरबार धाएका हुन् । ‘अहिले सम्म केहि पनि पाएको छैन । मेरो पार्टीको नेतृत्वमा पटक पटक सरकार पनि आयो ।’ अमिलो भावमा भने ‘मेरो परिवारको सर्वस्व हरण भएको फाईल जहाँको त्यहिँ छ, सँगै पेस भएको सिके प्रसाईंले राहत पाइसके ।’ आफ्नो परिवारले प्रजातान्त्रिक आन्दोलनमा गरेको त्यागलाई नेताहरुले बेवास्ता गरेको उनको आरोप थियो । ‘म मन्त्रीको आसेपासे परिन । म भोटेको छोरो ।’ आक्रोसको भावमा उनले भने ‘प्रसाईं क्षेत्री बाहुनको प¥यो ।’ सुशील कोइराला पार्टी सभापति भएपछि महाराजगंज स्थित कोइरालाको दैलोमा उनले आमा र सबै सहिद परिवार लिएर पुगे । त्यतिबेला ‘बाबु म के दिन सक्छु र म प्रधानमन्त्री भएपछि आउनु म सबै काम गर्दिन्छु ।’ कोइरालाको आश्वासनलाई जस्ताको तस्तै सुनाए । जतिबेला उनले कोइरालालाई भेट्दै थिए त्यतिबेला पार्टीले चितवन कारागारमा हत्या गरिएका शिव पौडेललाई सहिद बनाउने तयारी हुदै थियो । मोक्तानले कोइरालालाई भनेका थिए ‘हाम्रो बुवाहरु जस्तो अमर मान्छेहरुलाई सहिद घोषणा गर्नुपर्छ । गुण्डाहरुलाई होइन ।’ मोक्तान सहितको टोलीले पौडेललाई सहिद घोषणा नगर्न ज्ञापन पत्र समेत बुझाएका थिए । सबै कुरा प्रधानमन्त्री भएपछि गरिदिने आश्वासनसँगै उनी कोइराला निवासको द्धारबाट बाहिरिएका थिए । ‘त्यहाँदेखि मुख देख्न सकेको छैन । टिभिमा देखिन्छ । अरु बेला देखिन्न ।’ प्रधानमन्त्री प्रति आक्रोशित बन्दै उनले भने ‘हामी सहिद परिवारले प्रधानमन्त्री भएपछि भेटेर बधाई पनि टक्राउन पाएनौं । मुख देख्न पाएको भए पो बधाई दिनु ।’ कोइरालालाई भेट्न एक वर्ष सम्म नपाएपछि मोक्तान निरास बनेका छन् । ‘यो देशमा न्याय छैन । उनले कोइराला सरकारको तौल गरे ‘हामी जस्तो अन्यायमा परेको मान्छेलाई न्याय नदिने सरकार के को सरकार ?’ मोक्तान १०० वर्षे लक्ष्मि मायाँ मोक्तानसँगै पशुपतीमा बस्छन् । पशुपतीकै एक कोठा भाडामा लिएर उनकी आमा, सहित चार परिवार गुजारा गर्दै आएका छन् । उनका अनुसार तत्कालीन राज्यले उनको ३५ रोपनि जग्गा र गाईभैंसी राज्यले हरण गरेको थियो । सहिद घोषणाको माग गर्दै आधा शताब्दी सम्म उनकी आमाले आन्दोलन समेत गरेकी थिइन् । उनलाई प्रधानमन्त्री सचिवालयले हैरान पारेको छ । ‘भेट गराउन पनि दलाली हुदो रहेछ । हामीले नेता चिनेको पनि छैन । भेट्नको लागि हामीले कहिले ज्ञापनपत्र बुझाउँछौं, भन्छौं । यो त पुरानो रहेछ, हुदैन भन्ने जवाफ आउँछ । उनले रहस्य खोले,‘प्रधानमन्त्रीका पिएहरुले हुँदै नहुने कुरा किन गर्न आएको भन्दै धम्काउने गरेका छन् ।’ प्रधानमन्त्रीलाई भेट मिलाउनको लागि उनले कयौं प्रयास गरे । हरेक बहाना समेत गर्नु परेको उनको भनाई छ तर नीजि सचिवालयले कहिल्यै भेटको व्यवस्था नमिलाएको प्रति उनको आक्रोश छ । ‘अब पनि आउने हो ,धाएको धायइ गर्ने भन्दा विकल्प छैन ।’ उनले भने ‘अब हामी बालुवाटारमै अमरण अनसनमै बस्छौं । १०० बर्ष पुगेको आमालाई पनि लैजान्छु ।’ मोक्तान सहित काँग्रेस संबद्ध कार्यकर्ताले प्रधानमन्त्रीसँग भेटगर्न माग गर्दै पार्टी कार्यालयमा गएर अमरण अनसन समेत बसे । ‘पार्टी महामन्त्री कृष्ण सिटौला र कानुन मन्त्री नरहरी आचार्य दुवैले प्रधानमन्त्री भेटाउँछौ भन्दै कागज गरेपछि हामीले अनसन तोड्यौ तर त्यो कागज कागजमै सिमित भयो ।’ नेताहरुसँग भएको लिखित संझौता देखाउँदै तितो भावमा वाक्य टुङ्ग्याए ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top