1

टानमा भएको भ्रष्टाचारको कहानी यस्तो छ

 ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल(टान)ले 'इको च्यालेन्ज प्रोगाम'मा जथाभावी १६ लाख ३६ हजार ७८ रुपैया खर्च गरेको खुलेको  छ ।
लेखा परीक्षण प्रतिवेदनका अनुसार खर्चको कुनै विवरण टानले राखेको छैन । सन् २०१४ को जनवरी १५ देखी २४ सम्म टानले रुवी भ्याली ट्रेकिङ ट्रेलको आयोजना गरेको थियो । त्यसका लागि १३ लाख १७ हजार ९० रुपैया खर्च भएको लेखा परीक्षणले देखाउँछ । जसमा ३ लाख ४४ हजार १ सय ४८ रुपैया खानामा र १ लाख ४१ हजार ५० रुपैया यातायातमा खर्च भएको र अन्य खर्चको हिसाब राखिएको छैन ।
यस्तै टिम्स रकमको कारण चर्चामा आएको टानले टिम्स रकमको पनि दुरुपयोग गरेको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ ।
टिस्स रकम बैंकमा जम्मा भएपछि मात्र व्यक्तिले लिन पाउने नियम छ । तर, टिम्सको क्यास काउन्टरबाट रकम लिइएको पाइएको छ । यसरी  नियमवितरित २ लाख ६२ हजार २ सय ६९ रुपैया टिम्स रकम खर्च भएको छ । २०७१ असार ३२ गतेको भौचर नम्बर ३१ ए मा उल्लेख भएबमोजिम खाना र रिफ्रेसमेन्टको लागि भन्दै  दुडा खरिद गर्न १९ हजार ६ सय खर्च भएको उल्लेख छ । यस्तै पुरा समय काम गर्ने र पार्ट टाइम काम गर्नेको तलबपनि बराबर छ ।
प्रतिवेदनमा  रिमा घिमिरेको तलव मासिक तलब १० हजार उल्लेख छ भने भौचर नम्बर २० र २२ मा उल्लेख भए अनुसार घिमिरेले ओभर टाइमको नाममा अर्को दश हजार लिएको देखिन्छ । तर व्यवहार अर्को कर्मचारी बराबरको समय नै काम लगाउने दिने हो भने कर्मचरी थप गर्न सकिने व्यवस्था छ ।
कि त ओभर टाइम बापत ५० प्रतिशतसम्म बढी काम गर्ने गरिन्छ । त्यसैगरी मिती २०७१ जेठ ३० गतेको भौचर नम्बर १९ अनुसार पासाङ शेर्पा भन्ने व्यक्तिले प्रोजेक्टका नाममा ऋण लिएको     देखिन्छ । तर, त्यो रकम न त बैक खातामा जम्मा भएको छ न त प्रोजेक्टले लोन पेपर बनाएको छ भनी लेखापरिक्षण प्रतिवेदनले औल्याएको छ । जुन कानुन विपरीत हुन्छ । सबै ट्रेकिङ व्यवसायीको छाता संगठनको रुपमा रहेको टानले आफ्ना हरेक हिसाबकिताब स्पष्ट देखाउन सक्नुपर्छ ।
तर व्यवहारत यस कार्यमा टान चुकिरहेको छ । ट्रेकिङ रुटमा जाने पर्यटकबाट उठाईएको टिम्स रकमको टानले सहि सदुपयोग गर्न सकिरहेको छैन । टानले आफ्नो जुन किसिमको लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर्यो यसले त टान भन्ने सस्था सामुहिकतामा नभई व्यक्ति केन्द्रित भएर चलेको स्पष्ट पार्दछ । र, भ्रष्टाचारको अखडाझै देखाउँछ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top