अकस्मात् हिमानी त्यहाँ पुग्दा..
छेवैमा थिइन्, स्वकीय सचिव स्मिता सिंह । बायाँपट्टि उभिएकी थिइन् धीरेन्द्रपुत्री सिताष्मा र, पछाडिपट्टि फाइल बोकेर उभिएका स्थानीय वकिल साक्छाई । वरिपरि तैनाथ थिए जेलका प्रहरी । सन्चै होइसिन्छ नि !, गहभरि आँसु पार्दै सोधिन्, हिमानीले पूर्वयुवराजा पारस शाहलाई । लागुऔषध कारोबार र सेवन गरेको अभियोगमा थाइल्यान्डस्थित उदुकखानी जेलमा सजाय भोगिरहेका पति पारसलाई भेट्न पुगेकी हिमानीसँग पारस बोल्न सकेनन्, मात्र हेरिरहे । सिताष्मा भक्कानिएर रुन थालिन् । सिताष्मालाई अँगालेर नियन्त्रण गर्न खोजिन् स्मिताले । केही क्षणको सन्नाटालाई चिर्दै पारसले मलिन स्वरमा सोधे, ‘बुबा–मामुलाई कस्तो छ ?’ छोरी पूर्णिका, कृतिका र छोरा हृदयेन्द्रबारे पनि सन्चो–बिसन्चो र पढाइको विषय पनि सोधे उनले ।
करिब आधा घन्टाको भेटमा पारसको सबै जिज्ञासा मेटिन् हिमानीले । एक सहयोगीले जनाएअनुसार हिजो मंगलबार उद्खानी जेलमा पारस र हिमनीबीच भेट भइरहँदा स्थानीय मिडिया र शुभचिन्तकको भीड लागेको थियो । पारसका स्थानीय वकिल साक्छाईलाई भेला भएकाहरूले पारस कहिले छुट्छन् सोधेर हैरान पारेका थिए । हिमानी भने कसैसँग नबोली हिँडेकी थिइन् । पारसलाई भेट्न ६ दिनअघि उनी थाइल्यान्ड गएकी हुन् ।
थाइल्यान्ड उड्ने क्रममा अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै गर्दा प्रफुल्ल मुद्रामा थिइन् । सुरक्षाकर्मीको एस्कर्टिङमा विमानस्थल पुगेकी उनले ‘ओरेन्ज कलर’को रातो बुट्टा भएको साडी र ब्लाउज लगाएकी थिइन् र, सुन्तला कलरकै कार चढेर विमानस्थल पुगेकी थिइन् । यो हिमानीको मन पर्ने कलर हो ।
निर्मलनिवास स्रोतले बताएअनुसार पारसलाई भेट्न थाइल्यान्ड जान ससुरा ज्ञानेन्द्र र सासू कोमललाई मनाउन हिमानीले ठूलै कसरत गर्नुपरेको थियो । भ्यालेन्टाइन डेकै दिन भेट्ने योजना थियो । तर, कानुनी अवरोधका कारण हिजो मंगलबार मात्रै उनीहरूको भेटघाट सम्भव भयो ।
पारस–हिमानीको यो भेटले नयाँ तरंग उत्पन्न गराएको छ । उनीहरूबीचको सम्बन्धलाई लिएर हुने गरेका विभिन्न नकारात्मक टिप्पणीको पनि यो भेटले खण्डन गरेको छ । थाइल्यान्डमा पारस त्यहीँकी गर्लफ्रेन्डसँग बस्दै आएको भनिएको थियो । पारस–हिमानीबीच सम्बन्ध चिसिएको भनिँदै आएकोमा यो भेटले नयाँ शिराबाट सम्बन्ध विकास हुने अपेक्षा गरिएको छ ।
मुलुकमा राजतन्त्रको अन्त्यसँगै तनावमा रहेका पारस पार्टी खोलेर सक्रिय हुन चाहन्थे । तर, एकाएक चितवनमा रुबेल चौधरीसँगको विवादपछि पिता ज्ञानेन्द्रबाट झन् टाढिए । यता, हिमानीले भने हिमानी ट्रस्ट खोलेर समाजसेवा गर्दै आएकी छन् ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।