भागबण्डा नमिलेपछि एमाले स्थायी समिति बैठक स्थगित
केन्द्रीय सदस्यको मनोनयनमा नेताहरुबीच भागवण्डा नमिलेपछि आज बस्ने भनिएको एमाले स्थायी समितिको बैठक स्थगित भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले पनि मनोनितहरुको टुंगो लगाउन नसकेपछि स्थायी समिति बैठक स्थगित भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले पनि मनोनितहरुको टुंगो लगाउन नसकेपछि स्थायी समिति बैठक स्थगित भएको हो ।
केन्द्रीय सदस्यमा मनोनयनका लागि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भागवण्डा नमिलेपछि बैठक १० गतेसम्मका लागि स्थगित भएको हो ।
दिउँसो बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएपनि बुधबार बिहान एमाले सचिवालयको बैठक भने बस्यो ।
बैठकले नेताहरुको कार्यविभाजनबारे छलफल अघि बढाएको छ । सचिवालयको बैठकमा कार्यविभाजनको सैद्धान्तिक कुरामा छलफल भएको सचिव योगेश भट्टराईले बताए ।
बैठकमा पार्टीको कामको परिभाषा भुगोल फाँट र विभागका आधारमा गर्ने टुंगो गरेको छ । जसअनुसार भुगोलमा ६० तथा फाँट र विभागमा २०/२० प्रतिशतका आधारले नेताहरुलाई जिम्मेवारी दिइने भएको छ ।
‘प्रत्येक केन्न्रीय दस्यलाई केही न केही जिम्मेवारी दिने गरी कार्यविभाजन गर्न छलफल भएको छ’, सचिव भट्टराईले भने, ‘ हरेक केन्द्रीय सदस्यलाई एउटा मुख्य जिम्मेवारी दिएर अरु जिम्मेवारी पनि दिइने कुरामा छलफल भयो ।’
यसअघि केन्द्रीय सदस्य मनोनयनका लागि दुबै पक्षका नेताले आफ्ना आफ्ना दाबेदारी प्रस्तुत गरेका थिए । केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि दुई पक्षबीच पटक पटक भएको छलफल समेत निष्कर्शविहीन भएको थियो ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।