1

सूचनाको हकका लागि महिला निवेदन नै दिदैनन् 

 
 राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले  दुईवर्षकाे अवधिमा  एक जना महिलाले पनि सूचनाको हक माग नगरेकाे  बताउनु भएको छ ।
 
 विगतमा पनि सूचनाकाे हक माग गर्ने महिलाकाे संख्या  जम्मा दुई जना रहेकाे जानकारी दिनुभयाे । 
 
उहाँले २०७०⁄०७१ मा  आयोगमा  परेका ४ सय ३१ वटा निवेदनमध्ये एक जना पनि महिला नभएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 
 
प्रमुख आयुक्त बाँस्कोटाले एक महिनाको अवधिमा सूचनाको हकका लागि आयोगमा परेका एक सय वटा मुद्धा अदालतबाट  फैसला गराएको  समेत  बताउनु भयाे । 
 
आयुक्त यशोदा तिम्लिसनाले सूचनाको हकका बारेमा ९० प्रतिशत जनतालाई थाहा नभएको बताउँनु भयो । 
 
उहाँले सूचनाको हकलाई कार्यान्वयनमा ल्याउने भरपर्दो माध्यम सञ्चारमाध्यम भएकोले यसमा सबै पत्रकारले सहयोग   गर्नुपर्छ भन्नुभयाे ।  
 
आयोगले एक महिनाको अवधिमा गरेको कामको जानकारी दिन आज पेरिसडाँडामा पत्रकार सम्मेलन गरेको थियो । 

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top