कपाल मुडेर घरबाट निकालियो
रौतहटमा एक महिलालाई भनेजति दाइजो नल्याएको भन्दै उनका परिवारले कपाल काटेर घर निकाला गरेका छन् ।
विवाहमा कवुल गरेअनुसारको दाइजो नल्याएको भन्दै पति र परिवारका अन्य सदस्यले कपाल मुडेर यातना दिएको भन्दै मिठुअवा गाविस–७ की १९ वर्षीया प्रतिमा साह प्रहरीको शरणमा पुगेकी छन् ।
पति र सासु सुसुराले पटक पटक कुटपिट गरी दाइजो ल्याउन दबाब दिएको कुरा नमान्दा आफ्नो कपाल समेत मुडेर घरबाट निकालिएको साहले बताएकी छनन् ।
उनले बिहेको केहीमहिनाबाटै आफूलाई यातना दिने पति रामविश्वास साह, ससुरा दुखा साह र सासु पशुपतीया देवी साहविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् ।
विवाहमा नगद तीन लाख नगद तथा मोटरसाइकल किन्न एकलाख ५० हजार रुपैयाँ दिएर बाँकी रहेको १५ हजार प्रतिमाका बाबुआमाले नदिएको भन्दै उनलाई यातना दिइएको थियो
प्रतिमाका बुवा बिष्णु देवले साह परिवारले छोरीलाई मार्ने धम्की दिदै आएको दुखेसो पोखेका छन् । गत शनिबार प्रतिमालाई पतिसहित परिवारका सदस्य मिलेर कुटपिटपछि कपाल काटेर घर निकाला गरेका थिए ।
गत जेठमा विवाह गरेकी किशोरीका बुवाले कबुल गरेअनुसार दाइजो नदिए भन्दै उनको चरित्रमाथि पनि साह परिवारले प्रश्न उठाई कुटपिट गर्दै आएको माइती पक्षको आरोप छ ।
महिला अधिकारकर्मी देवकी नेपालले पीडकलाई हदैसम्मको कारबाही र पीडितको सुरक्षाको माग गरेकी छिन् । पीडितले उजुरी दिएपछि पति रामविश्वासलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले जानकारी दिए ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।