बाराली युवाहरु दबाब मुलक कार्यक्रम
आर्थिक रुपले सम्पन्न रहेता पनी बिकाशको स्थिति कमजोर रहेको मध्य तराई मधेसको बारा जिल्लाको समग्र बिकाशका लागि जिल्लाका सबै राजनीतिक दल सम्बद्ध युवाहरु एक जुट भएका छन् ।सरकारले बर्षौ पहिले देखी जिल्लामा निर्माण गर्ने भनि पास गरेको प्रोजेक्टहरु कागजमा मात्रै सिमित राखी ती प्रोजेक्टहरुको कार्यन्वयन कछुवाको तालमा भएको प्रति बिरोध जनाउँदै जिल्लाका हरेक क्षेत्रका युवाहरु यसरी एकबद्ध भई अगाडी बढन संयुक्त समिति समेत निर्माण गरेका छन् ।
बर्षौ पहिला देखी निर्माणको उच्च प्राथमिक्तामा रहेका पुर्वपश्चिम हुलाकी राजमार्ग, दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाडौं—तराई मधेस फास्ट ट्याक, गढीमाई नगरपालिका सिमराको सेज लगायतका योजनाहरु सरकारले प्रभावकारी रुपमा अगाडी नबढाउँदा बारा जिल्लाको बिकाश पछाडी धकेलिएको निष्कर्ष निकाल्दै युवाहरु एकत्रित भएका हुन् ।यस्तै वीरगंज—कलैया—वरियारपुर—सिम्रौनगढ रोडको बीच भागमा बगैचा सहितको ६ लेनको रोड, मटिअर्वा—कलैया—पिलुवा रोड, तामागढी—सिम्रौनगढ रोड बनाउँनुपर्ने उनीहरुले साझा मुद्धा बनाएका छन् ।
यि योजनाहरु समयमै सम्पन्न गराउँनको लागि उनीहरुले बृहत भेला गरी ‘सचेत बाराली युवा संघर्ष समिति’ समेत गठन गरेका छन् । सर्बपक्षिय युवा भेलाबाट गठन भएको कार्यसमितिको सोमबार कलैयामा बसेको बैठकले कार्यबिभाजन गरेको छ । ३५ सदसिय समितिको अध्यक्षमा ध्रुव यादव, सहअध्यक्षमा लुकेश सिंह, उपाध्यक्षमा सुभाष साह, जटाशंकर सहनी, धर्मेन्द्र साह, धनबहादुर लामा, सचिवमा मुकेश साह, सहसचिवमा दिपेन्द्र पटेल र कोषाध्यक्षमा पिंकी यादव रहेका छन् । यस्तै जिल्लाका बिभिन्न पार्टीका केन्द्रीय एवं जिल्ला प्रमुखहरु रहने गरी एक सल्लाहकार समिति समेत गठन भएको छ । कार्यसमितिको बैठकले यि योजनाहरु समयमै पुरा गराउँन दवाव दिने उदेश्यले प्रधानमन्त्री, मन्त्रीहरु सहित सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँनुका साथै दबाबमुलक कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष यादवले बताए । यस्तै जिल्लाका सभासदहरुसंग समेत छलफल गरिने उनले बताए ।
‘सरकारले बिभिन्न लोभलाग्दा योजनाहरु सार्वजनिक गर्छ तर त्यसलाई पुरा गर्दैन’ समितिका अध्यक्ष यादवले भने ‘त्यसैले हामी बिभिन्न बिचार बोकेका युवाहरु एक जुट भई ती बिकाशका योजनाहरु समयमै निर्माण सम्पन्न गराउँनको लागि दबाब दिन्छौ ।’
Post a Comment