0

प्रचण्डको पार्टीमा यौनसम्बन्धको पिरलो

एकातिर भीरबाट लगेर हात भाँचिएकी ७८ वर्षीया आमाको भरे हो कि भोलिको अवस्था, अर्कातिर सारा जीवन समर्पण गरेको पार्टीबाट कारबाहीको निर्णय – एमाओवादी नेता हेमन्तप्रकाश ओली बडो तनावमा छन् । तैपनि, आफूलाई खेदो खन्नेहरुको पर्दाफास गर्ने र पार्टीभित्रका नवधनाढ्य तथा यौनाशक्तलाई जनतामाझ नंग्याउने अठोट कायमै छ । ७ वर्षदेखि प्रेमसम्बन्धमा रहेकी अम्बिका चन्द गर्भवती भएपछि उनीमाथि पार्टीले कारबाहीको निर्णय गर्यो । हेमन्तका अनुसार त्यसैबेलादेखि पारिवारिक रुपमा र पार्टी नेतृत्वसमक्ष समेत कुरा गरेका थिए । विषयको बिट मारिएको थियो । तर, जब वैशाख २ गते प्रचण्डको पार्टी लाइनलाई खण्डन गर्दै आफ्नो मत हेडक्वार्टरसमक्ष लिखित रुपमै राखे, त्यही दिनदेखि उनी पराइ भए ।
hemanta oli
आफ्नै रेखदेखमा पार्टीभित्र हुर्किएका जनार्दन शर्माले पेरिसडाँडाको गेटमै धावा बोले । त्यसो त उनीविरुद्द प्रभाकर चुनावदेखि नै थिए । दाङको क्षेत्र नं. ३ मा हेमन्तको सिट पक्का भइसकेको थियो प्रचण्डबाट समेत तर प्रभावकर र पोष्टबहादुरले भाँजो हाले । उनले गत शुक्रबार एक पदाधिकारीलाई फोन गरेर पहिल्यै टुंगो लागिसकेको आफू र अम्बिकाबीचको सम्बन्धलाई अहिले उछालेकोमा दुःख व्यक्त गर्दै आफूले अरुको समेत यौनसम्बन्धको पोल खोल्ने धम्की दिएको स्रोत बताउँछ ।
लाजिम्पाट स्रोतका अनुसार ओलीले पार्टी लाइनको विषयमा कुरा नमिलेपछि ३ महिनाअघि नै केन्द्रीय समितिबाट राजीनामा दिएका थिए, तर त्यो स्वीकृत नगरी कारबाही गरिएको छ । पार्टी अध्यक्ष प्रचण्डले पनि अनन्त, हरिबोल गजुरेलहरुको लिनप्याओवादी प्रवृत्तिलाई बढावा दिइरहेको ओलीको दाबी छ । आफ्नो राजनीतिक दाउपेच पूरा गर्न यस्ता विषय उछालेर जनार्दन शर्माले जनआस्थामा समाचार दिएको आरोप लगाउँदै हेमन्त भन्छन्,‘जनार्दनका ज्वाइँ ओम शर्माले भित्तामा पुर्याउछु भनेर पहिल्यै धम्की दिएका थिए । आखिर मेरा विरुद्द समाचार नै छपाए ।’

Post a Comment

 
Top