संसारका सबैभन्दा शक्तिशाली सेना
संसारको सबैभन्दा शक्तिशाली सेनाको सूचीमा सबैभन्दा पहिलो नाम अत्याधुनिक हतियारधारी र बलियो सेना शक्ति भएको देश, अमेरिकाको आउँछ ।
अमेरिका आफ्नो डिफेन्स फोर्समा बाँकी देशको तुलनामा १० गुनाभन्दा बढि पैसा खर्च गर्दछ । आफ्नो अत्याधुनिक हतियारका साथै २ हजार १ सय ३० क्रुज मिसाइल, ४५० ब्यालिस्टिक मिसाइल र १९ विमानवाहक छ जुन हावामा आक्रमण गर्न सक्षम छ । आफ्नो अत्याधुनिक हतियारका कारण यो विश्वको सबैभन्दा शक्तिशााली देश हो ।
संसारमा सबैभन्दा बढि हतियार निर्यात गर्ने देश रुस हो । रुससँग सबैभन्दा बलियो टास्क फोर्स छ जुन १५ हजार ५ सयको संख्यामा छ । योसँग कुल सक्रिय सैन्यको संख्या ७ लाख ६० हजार रहेको छ ।
यो डिफेन्समा खर्च गर्ने संसारको दोस्रो ठूलो देश हो । यसको आर्मी सबैभन्दा बढि छ । यतिबेला चीनसँग २.५ लाखको ‘मिलिट्री स्ट्रेन्थ’ छ । यसले धेरै हदसम्म आयातमा कटौती गरेको छ र अब स्वदेशी प्रविधी विकसित गर्नेमा ध्यान दिइरहेको छ ।
भारतीय थल सेना विश्वको दोस्रो सबैभन्दा ठूलो सेना हो । ११ लाख तीस हजार सैनिक एवं १२ आरक्षित सैन्यकर्मीहरुको सेवा ग्रहण गर्ने भारतीय थलसेनाको स्थापना सन् १९४७ मा भारतले स्वतन्त्रता पाएलगत्तै भएको थियो । आफ्नो सेनामाथि यो देशले ४६ अर्ब डलर खर्च गर्दछ ।
ब्रिटेनको डिफेन्स बजेट पछिल्लो पाँच वर्षमा २० प्रतिशतसम्म झरेको छ । यसले आफ्नो सैन्य संख्यालाई पनि २० प्रतिशतसम्म कम गर्ने योजना बनाएको छ । यतिबेला ब्रिटेन टेक्नोलोजी बढाउने र अनुसन्धानमा सधारतर्फ कदम बढाउँदैछ । ब्रिटेन सबैभन्दा शक्तिशाली सेनाको सूचीमा पाँचौं स्थानमा आउने गर्दछ ।
फ्रान्स आफ्नो मिलिट्रिमा ४० अमेरिकी डलरभन्दा बढि खर्च गर्दछ । यसका साथै यसको सेना अफगानिस्तान र अफ्रिकामा निकै प्रभावशाली तरिकाले सक्रिय छन् ।
जर्मनी नाटोको सक्रिय सदस्य हो जो आफ्नो सैन्य सम्बन्धमा अत्यधिक प्रभावशाली प्रविधी भएको दाबी गर्दछ ।
दोस्रो विश्वयुद्ध ताका आफ्नो आक्रामक प्रवृत्तिका लागि चिनिने जापान संसारको सबैभन्दा शक्तिशाली सेनको सूचीमा आउने गर्दछ । दोस्रो विश्वयद्धमा हारेछ जापनले आफ्नो सेनाको संख्यामा कटौती गर्न बाध्य भयो तर आज पनि विध्वंसकारी प्रविधि क्षमताका कारण, विश्वको सबैभन्दा शक्तिशाली सेनामध्ये एक हो ।
दक्षिण कोरियाले आफ्नो सेनामा निकै खर्च गरेर उनलाई अत्याधुनिक प्रविधिले बलियो बनाएको छ । दक्षिण कोरियाले ४० अर्ब डलर सैन्य खर्चको लागि राखेको छ । यहाँ हरेक दिनजसो अत्याधुनिक मिसाइल र विध्वंसकारी क्षमता भएको हतियारको टेस्ट गर्ने गर्दछ ।
इजरायलको सेना राम्रो प्रशिक्षण र संचालनको लागि परिचित छ । यसको सैन्य संख्या कम छ तर विश्वमा सबैभन्दा शक्तिशाली सेनाहरुमध्येको एक मानिन्छ । यहाँको अद्वितीय सैन्य प्रौद्योगिकी यसलाई सबैभन्दा भिन्न र बलियो बनाउने गर्दछ ।
Post a Comment