0
फोहर प्रशोधन केन्द्रको स्थापना
खैरहनी नगरपालिकाबाट निस्कने फोहर व्यवस्थापनका लागी फोहर प्रशोधन केन्द्रको स्थापना गरिने भएको छ । ८४ मेट्रिक टन क्षमताको सो फोहर व्यवस्थापन केन्द्रको आज क्षेत्र नम्बर एक चितवनका सभासद सुरेन्द्र पाण्डेले शिलान्यास गर्नुभएको हो । खैरहनी नगर क्षेत्रबाट निस्कने जैविक फोहरलाई मल बनाउने र नकुहिने फोहर प्लाष्टिक, सिसा, कपडालाई छुट्टाएर प्रशोधनका लागी पठाईने छ ।  
यसैबिच, आजै सोहि कार्यक्रममा खैरहनी नगरपालिकाको भवनको पनि शिलान्यास गरिएको छ । दुई तले भुकम्प प्रतिरोधात्मक भवन बनाउन २ करोड भन्दा बढि लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद सिँह, स्थानिय विकास अधिकारी भरतमणि पाण्डे, चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापा, स्थानिय राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । 

Post a Comment

 
Top