0
वन तथा जलाधार संरक्षणमा युवा सहभागिता
 ९ असार
मुलुकको जनसङ्ख्याको ठूलो हिंस्सा र क्रियाशील जनशक्ति रहेका युवालाई वन तथा जलाधार क्षेत्रले संरक्षणमा सहभागी गराउनुपर्नेमा जोड दिइएको छ ।

जनवकालत राष्ट्रिय मञ्च नेपाल९नेफान०ले आज यहाँ आयोजना गरेको वन तथा जलाधार व्यवस्थापनमा ‘युवा सहभागिता’ विषयक अभियान कार्यक्रमका वक्ताहरुले रोजगारीको अभाव, बढ्दो निराशाले गर्दा युवा जनशक्ति विदेश पलायन हुने, गलत क्रियाकलापमा संलग्न हुने खतरा न्यून गर्न उनीहरुलाई वन तथा जलाधार संरक्षणमा क्रियाशील गराउन राज्यले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेफानका अध्यक्ष भोला भट्टराईले प्राकृतिक स्रोतमाथिको अधिकार, लाभको बाँडफाँड र व्यवस्थापनमा युवाको सहभागिता आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले स्थानीय समुदायले प्राकृतिक स्रोतमा आफ्नो अपनत्वको अनुभव गर्न नसक्दा चुरे क्षेत्रको विनाश बढ्दै गएको बताउनुभयो ।

नेपाली काँग्रेसका युवा नेता नरेन्द्रसिंह महरले मुलुक परिवर्तन गर्नसक्ने क्षमता युवा जगतसँग रहेकाले विकासका हरेक क्रियाकलाप उनीहरुको सहभागिता बढाउन राजनीतिक पार्टीहरु इमान्दार र प्रतिबद्ध रहनुपर्दछ भन्नुभयो ।

सो अवसरमा नेफानका कार्यक्रम अधिकृत कवीन्द्र भट्टले बारा जिल्लाको पसाहा जलाधार क्षेत्रको संरक्षणका लागि वातावरणीय सेवा भुक्तानीको अवधारणा र राष्ट्रिय युवा महासङ्घ नेपालका सचिव निकुञ्ज भण्डारीले देश विकासमा युवा वर्गको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Post a Comment

 
Top