सैनिक गुप्तचर केन्द्रमा आक्रमण
यस आक्रमणमा परी तीन आक्रमणकारीको मृत्यु भएको तर सोमालिया सुरक्षाबल भने यस आक्रमण परी हताहत नभएको त्यहाँको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
सुरक्षाबलसँग आवद्ध सो गुप्तचरको परिसरभित्र नै आक्रमण भएको र उक्त समय सुरक्षाबल र सेबाब आतङ्ककारी समूहबीच भीषण दोहोरो गोली हानाहान भएको सोमालीया सुरक्षा अधिकारी अदान मोहमदले जानकारी दिएका छन् ।
यस आतङ्ककारी समूहले बदलाको भावनामा छिमेकी राष्ट्रहरुमा पनि आक्रमण गर्दै आएका छन् । सन् २०१३ मा केन्याको राजधानी नैराबीमा रहेको सपिङ्ग मलमा भएको आक्रमणमा कम्तीमा ६७ व्यक्तिको मृत्यु भएको र अप्रिलमा गरिस्सामा भएको आमहत्यामा १५० विद्यार्थीको मृत्यु भएको थियो ।
६ असार
सोमालियाको राजधानी मोगादिसुमा रहेको सैनिक गुप्तचर केन्द्रमा सेबाब आतङ्ककारी समूहद्वारा आइतबार आत्मघाती आक्रमण भएको समाचार छ । सो केन्द्रमा कारबम आक्रमण भएको जनाइएको छ ।

Post a Comment