0
अलैँचीको पुराना विरुवा रोगले सखाप असार ४,

जिल्लामा रहेको अलैँचीको पुरानो विरुवा विभिन्न रोग तथा प्रकोपका कारण मरेर सखाप भएपछि अहिले कृषकहरुले नयाँ विरुवा तयार पार्न कृषकहरुले नर्सरी स्थापना गर्न थालेका छन् ।

गानो गुहिने,छिर्के फुर्के, तथा डढुवा रोगको कारण जिल्लाका अधिकाश कृषकले लगाएको अलैँचीको विरुवा मरेर सखाप भएपछि अहिले जिल्लाको दक्षिण्ी गाविस रवी र याङनाममा अलैँचीको नर्सरी स्थापना गरिएको हो । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्थापना गरिएको नर्सरीमा अलैँचीको विरुवा उम्रेन थालेको छ । नर्सरीबाट उत्पादित विरुवा तीन वर्षमा मात्रै रोप्न मिल्ने कार्यालयले जनाएको छ ।

कार्यालयका वागवानी विकास अधिकृत हरी प्रसाद पाण्डेका अनुसार स्थानीय कृषक समूहलाई नर्सरी स्थापना गरी विरुवा हुर्काउन जिम्मा दिइएको छ । ती कृषक समूहहरुबाट कार्यालयले सरकारी दर प्रतिगोटा ५ रुपैयाँमा खरिद गरी कृषकहरुलाई वितरण गर्ने जनाएको छ । यसैवीच अघिल्ला वर्षहरुमा भन्दा यसवर्ष अलैँची पाँचथरमा राम्रो रहेको कार्यालय प्रमुख बेनु प्रसाद प्रसाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अलैँचीको पकेट क्षेत्र भनिएका लिम्वा,रवी,रानिटार,लुङरुपा,एकतिन,सिदिन,ओयाम लगायतका गा.वि.स.हरुमा अलैँचीमा निक्कै सुधार आएको छ । खोल्साको कालो सुनले चिनिने अलैँचीको मूल्य आकाशिएपछि कृषकहरु बन फडानी गर्दै धमाधम अलैँची रोपणमा जुटेका छन् ।

Post a Comment

 
Top