0
विश्व ईतिहासमा आज
असार ३ 
आज मिती २०७२ साल असार महिनाको ३ गते बिहिबार तदअनुसार सन् २०१५ जुन १८ तारिख ।
 
आजको दिन विश्व ईतिहासमा विभिन्न घटना अनि परिघटनाका कारण चर्चीत रहेको छ । हामी तपाईलाई आजकै दिन भएको जन्म,निधन र आजकै दिन विश्व ईतिहासमा के के भएको थियो । 
 
सुरुमा कुरा गरौँ आजकै दिन जन्म भएका प्रख्यात हस्तीहरुको बारेमा ।
 
१.सन् १८८६ मा आजकै दिन ईङग्ल्याण्डका पर्वत आरोही जर्ज म्यालोरीको जन्म भएको थियो । उनी ईङग्ल्याण्डमा निकै चर्चित रहेका थिए ।
 
२.सन् १९४२ मा आजकै दिन बेलायतका प्रख्यात संगीतकार र बीटल्सको सदस्य समेत रहेका पौल एमसीर्काटनी को जन्म भएको थियो । उनले बेलायतीहरुको लागि राम्रो सांगीतीक कोसेली दिएका थिए ।
 
३.सन् १९५२ मा आजकै दिन ईटलीका प्रख्यात अभिनेत्री ईजाबेला रोसीलीनीको जन्म भएको थियो । उनको (Big Night,Blue Velvet) नामक चलचित्र निकै चर्चित रहेको थियो ।
 
४.सन् १९८६ मा आजकै दिन फ्रान्सका टेनिस खेलाडी रीर्चाड ग्यासक्वेटको जन्म भएको थियो । उनी फ्रान्समा राम्रोटेनिस खेल्ने व्यक्ति भनेर पनि चिनिने गर्थे ।
 
अब कुरा गरौँ आजकै दिन विश्व ईतिहासमा के के भएको थियो ,यो विषयमा जानकारी गराउछौँ ।
 
१.सन् २०१२ मा आजकै दिन ईराकको बक्युबामा आत्मघाती हमलामा परि १५ जनाको मृत्यु भएको थियो भने ४० जना घाईते भएको थियो ।
 
२.सन् २०१३ मा आजकै दिन बग्दादको अलकाहीरामा दुई आत्मघाती बम हमलामा परि ३१ जनाको मृत्यु भएको थियो भने ६० जना घाईते भएका थिए ।
 
३.सन् १८३७ मा आजकै दिन स्पेनले नयाँ सविंधान प्राप्त गरेको थियो ।
 
४.सन् १९३६ मा आजकै दिन अमेरिकामा पहिलो साईकल यातायात अदालत स्थापित भएको थियो ।
 
अब अन्तिममा कुरा गरौँ आजकै दिन निधन भएका प्रख्यात हस्तीहरुको बारेमा ।
 
१.सन् १६७३ मा आजकै दिन फ्रान्स क्यानाडाकी नर्स र उत्तर अमेरिकामै पहिलो अस्पताल खोल्ने व्यक्ति र अस्पतालको संस्थपाक समेत रहेकी जीएन्नी म्यान्सको निधन भएको थियो । उनी ६६ वर्षको उमेर हुदाँ बितेकी थिईन् ।
 
२.सन् १९३६ मा आजकै दिन रसियाका चर्चित लेखक म्याक्सीम र्गोकीको निधन भएको थियो । उनको (Mother) नामक लेख निकै चर्चित रहेको थियो । उनी ६८ वर्षको उमेरमा बितेका थिए ।
 
३.सन् २००२ मा आजकै दिन अमेरिकाका स्र्पोटस्कास्टर र बेसबलका उद्घोषक समेत रहेका ज्याक बकको निधन भएको थियो । उनी ७७ वर्षको उमेरमा बितेका थिए ।
 
४.सन् २०१० मा आजकै दिन पोर्चुगिजका लेखक र नोबेल पुरस्कार विजेता समेत रहेका जोसी सारामागोको निधन भएको थियो । उनी सन् १९२२ मा जन्मिएका थिए ।

Post a Comment

 
Top