0

पराई भए छोरा नाती,छोरा भन्दा छोरी जाति
प्रयास पराजुली
सिन्धुपाल्चोक ।

समाजमा छोरा नहुँदा धेरै मानिसहरुले सामाजिक रुपमा पीडा खेप्दै आएका छन् । छोरा नभएको विषयलाई लिएर कयौ महिलाहरुले आत्महत्या समेत गरेका छन् । तर छोरा भएर पनि धेरैका बुबा आमा बृद्धा अवस्थामा बृद्धाश्रममा बस्न बाँध्य भएका छन् । विनाशकारी भूकम्पले पारिवारिक रुपम अपहेलित भएका बृद्धाबृद्धको अवस्था दयानिय बन्दै गएको छ । कतिले बढेसकालको साहरा श्रीमान गुमाएका छन् कतिले श्रीमती गुमाएका छन् । धेरै घाइते अवस्थामा उपचार गराइरहेका छन् । कति त कहाँ बस्ने भन्ने चिन्तामा छन् ।

जीऊको भन्दा मनको घाऊ ठूलो
भूकम्पमा परी घाइते भएकी सिन्धुपाल्चोक सेलाङ ७ की ७९ बर्षिय गंगामाया सिलवाल शरीरभरी लागेको घाऊ कसरी निको हुन्छ भन्ने प्रतिक्षमा छिन् । अस्पतालमा बसेर खानु पर्दा उनको मन पटक्कै मानेको छैन । काम गरिरहेको बाली जुरुक्कै उठेर जाउ जस्तो लाग्छ थलापरेपछि के सकिन्थ्यो, उनले भनिन् । उनी आफै उठन खोज्छिन तर ह्वीलचियरबाट उठन सक्दिनन । खुइइ.. काटछिन र थचक्क त्यहीं बस्छिन । अनुहारभरी बुढेसकालको दर्साले मुहार चाउरी परेको छ । तर निको भएर आफै काम गरेर खाने हिम्मत हारेकी छैनन् । ‘




बुढेसकालको साहरा श्रीमान गुमाएपछि सिलवाल अहिले जिल्ला अस्पताल चौतारास्थिति अस्थायी क्याम्पमा आश्रय लिइरहेकी छिन् । भाग्न त दुबै जना भागेका थियौ, तर दैवले श्रीमानलाई टपक्कै टिपेर लग्यो, अन्तिम अवस्थामा मुख पनि हेर्न पाइन, गंगामायाले भनिन् । गंगामायाका दुई भाई छोरा छन । छोराहरु विरामी आमाको खबर के छ भनेर डेढ महिना वितिसक्दा समेत अझैसम्म भेटन आएका छैनन् । यसले उनलाई जिउलमा लागेको चोट भन्दा पनि छोराहरुले वास्था नगर्दा बढी मन दुखेको छ ।

पराई भए छोरा नाती, छोरा भन्दा छोरी जाति
गंगामायालाई उनकी छोरी सावित्री खनाल र ज्वाइँ पुण्य खनालले हेरचाहर गर्दै आएका छन् । सिलवाललाई छोराको धनी भए के के न हुन्थ्यो जस्तो लाग्थ्यो । तर अहिले आएर छोरी नै उनको लागि भगवान भएकी छिन् । उनले निष्ठुरी छोरा सम्झदै भनिन,‘सन्तानको माया त लाग्छ, छोराहरुले आमा नसम्झिदा मन निकै रोएको छ ।’



खाइ नआई छोराहरुलाई ठूलो बनाए, छोरा बुहारीको धनी भए बुढेलसकालको साहरा श्रीमान पनि भूकम्पमा परी वित्नु भो, अब के गर्ने कसो गर्ने चिन्ता नै चिन्ता छ, उनले भनिन । छोराहरुले वास्था नगरेकोमा उनको मन निकै दुखेको मात्र छैन, आमाको माया छोरालाई भन्दा छोरीलाई बढी हुने निष्कर्षमा पुगेकी छिन् । छोराको रहर गरेर गल्ती गरिएछ, बुढेसकालमा साहरा दिने छोरी ज्वाइँ नै भगवान भए, उनले थपिन, ‘छोरा भएनन भनेर कसैले पनि पछुतो मान्नु पर्दैन छोरीलाई राम्रो शिक्षा दिन सके छोरा भन्दा छोरी नै जाति ।’

हिम्मत हारेको छैन, आफै गरेर खान्छु
उपचारको लागि काठमाडौ लगेपनि शरीरमा रगतको कमी भएको कारणले तत्कालि नै उनको खुट्टाको घाऊको अप्रेसन हुन सकेन । केही दिनपछि उनको खुट्टाको घाऊ अप्रेसन भयो । तिघ्राको मासु काटेर खुट्टामा हालेको बताउंदै उनले जस्तै पीडा खपेर पनि बाँच्नुको विकल्प नभएको सुनाइएन ।

काठमाडौंमा अप्रेसन गरेपछि अहिले गंगामाया जिल्ला अस्पताल चौतारामा नेपाल रेडक्रस सोसाइटीकोको सहयोगमा सञ्चाल भइरहेको अस्थायी क्याम्पमा छिन् । रेडक्रसले नै हालसम्म उपचार गर्न आउने विरामीहरको लागि निशुल्क रुपमा उपचार गरिरहेको छ । अप्रेसन गरेका विरामीहरको लागि निशुल्क रुपमा खाने बस्ने व्यवस्था मिलाएको छ ।

अस्पतालले अझै केही समय राख्नु पर्ने बताएपछि गंगामायालाई घर जाने चिन्ताले पिरोल्न थालेको छ । पहिला त आफै काम गरेर खान सक्थे अब अरुको मुख ताक्नु पर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन,‘सकेसम्म अझै पनि आफै गरेर खाने मन छ ।’

Post a Comment

 
Top