0
 भार कटौती र अनियमितताका मारमा
१० असार 
 
म्याग्दीका सर्वसाधारण आन्तरिक विद्युत्् भार कटौती र अनियमितता विद्युत्् आपूर्तिको मारमा परेका छन् । 
 
ट्रान्सफर्मरको क्षमताले विद्युत््को माग धान्न नसक्ने र जिल्ला बाहिरको प्रसारण लाइनमा देखिएको समस्याका कारण म्याग्दीका उपभोक्ता छिनछिनमा बिजुली आउनेजाने गरिरहने तथा आन्तरिक विद्युत्् भार कटौतीको मारमा परेका हुन् । 
 
विद्युत्् आपूर्र्ति अनियमितता हुँदा कलकारखाना, उद्योग व्यवसाय, सर्वसाधारणको दैनिकी बैंक वित्तीय संस्था र सरकारी कामकाजसमेत प्रभावित बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । 
 
म्याग्दीको विभिन्न ठाउँमा विद्युत्् वितरण गर्ने फिडर लाइनको तीन एमभिए क्षमताको ट्रान्सफर्मरले सोभन्दा धेरै विद्युत्् खपत हुन थालेपछि माग धान्न नसकेर विद्युत्् भोल्टेज अप डाउन हुने समस्या देखिएको नेपाल विद्युत्् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । 
 
तेह्र हजार घरधुरीभन्दा बढी विद्युत् उपभोक्ता रहेको म्याग्दीमा जेठ महिनामा बेनी फिडरमार्फत चार लाख ७२ हजार ८६३ युनिट, भुरुङ तातोपानी फिडरमार्फत एक लाख ४२ हजार २४८ युनिट र रत्नेचौर फिडरमार्फत ९१ हजार ६२५ युनिट विद्युत् खपत भएको थियो ।
 
माग धान्न नसकेपछि तीन वटा फिडरमा तीन दिनको एक पटक थप डेढ घन्टाका दरले आन्तरिक विद्युत्् भार कटौती गरिएको छ ।

Post a Comment

 
Top