0

नेपाली काग्रेसकी सभासद मधु शाही तथा एकीकृत नेकपा माओवादीका सभासद दिलमाया धामीले महिला सभासद भएकै कारण जिल्ला विकास समिति बाराले आपूmलाई हेपेको आरोप कलैयामा बुधवार लगाएकाछन् । 
जिल्ला विकास समिति बाराले.समन्वय र सहकार्य नगरेको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सिंहदरबार काठमाण्डौंवाट जिल्ला विकास समिति अनुदान थप अख्तियारी बजेटमा मनोमानी ढंगले योजना बाडिएको आरोप उक्त साक्षात्कार कार्यक्रममा लगाएकाहुन् । आपूmहरुको जानकारी र सहमति वेगर योजना फाटले बजेट बाँडफाँड गरेको उनीहरुको आरोप हो । क्षेनम्बर ६को विकास कार्यक्रममा हाम्रो संसदीय विकास कोषको रकमवाट क्षेत्र नम्बर ६ को विकास कार्य भैरहेको तर हामीलाई कुनै किसिमको जानकारी समेत नदिइएको साक्षात्कार कार्यक्रममा सभासद द्वयले भने । बारा क्षेत्र नम्बर ६ को बजेटको योजना तथा कार्यक्रमलाई बाडीचुडी गरेकोमा प्रेस विज्ञप्तिमा भत्र्सना समेत गरिएको छ । क्लव बाराका अध्यक्ष सिकेन्द्र पासवानको अध्यक्षतामा प्रभु यादवको संचालनमा उक्त कार्यक्रम भएको हो । प्रत्येक निर्वाचन क्षेत्रको लागी मा थप अनुदान स्वरुप सरकारले ४१ लाख ६० हजार रुपैया थप बजेटपठाएको हो ।


Post a Comment

 
Top