0
भेडे खुर्सानी खेती प्रविधिवारे गरिएको पूर्ण अनुसन्धान



नेपालमा विभिन्न जातका खूर्सानीहरु पाइन्छ । त्यसमध्ये सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो ।

खुर्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सानी आउँदछन् । नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । भारतमा यसलाई शिमला मिर्च भनिन्छ । सम्भवतः भारतबाट यो तरकारी नेपालमा प्रवेश गरेको हो । भेडे खुर्सानीको लोकप्रियता नेपालमा बिस्तारै बढ्दै गएको छ । यो तरकारी साना र सीमान्त कृषकदेखि ठूला कृषकहरूलाई समेत आर्थिक अवस्था माथि उठाउन निकै सहयोगी हुन सक्छ ।
 
 
पौष्टिक्ताको दृष्टिले भेडेखुर्सानी पौष्टिक्ताको दृष्टिले भेडेखुर्सानी भिटामिन र खनिज लवणहरूको स्रोत हो । यसमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा हुन्छ । भेडे खुर्सानीको हल्का पिरोपना यसमा भएको एल्कलाइड ‘कैप्सिसिन’ को कारणले हुन्छ । कैप्सिसिन एउटा शक्तिशाली अल्कलाइड हो जुन मानिसका स्वाद कोशिकाद्वारा सजिलैसँग अनुभव गर्न सकिन्छ । यसले मुख तथा आमाशयका श्लेष्मिक झिल्लीलाई उत्तेजित गर्दछ र पाचक रस निकाल्ने व्रिmयालाई बढाउँछ । कैप्सिसिनको प्रयोग आयुर्वेदिक र होमियोपेथिक औषधिमा गरिन्छ । टाउको दुखेको, दाँत दुखेको, शरीर दुखेको र दुख्न कम गर्ने दबाई बनाउन काम आउँछ । यसले एन्टीअक्सीडेट (जीवनरक्षक) को रूपमा पनि काम गर्दछ ।
 
नेपाल कृषि अनुसन्धान परिषद्, वागवानी अनुसन्धान महाशाखा, खुमलटार, ललितपुरका डा. ध्रुवराज भट्टराई र डा. कृष्णप्रसाद पौड्यालले लेखेको भेडे खुर्सानी खेती प्रविधिवारे पुस्तकमा उल्लेख गरिएका अंशहरु राम्ररी पढेमा पक्कै पनि यो खेति गर्न सहज हुने छ । 

Post a Comment

 
Top