प्रेस विज्ञप्ति
मानवता विरुद्धका अभिव्यक्तिको निन्दा
मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १ मा ‘सबै व्यक्तिहरु जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुन्छन् । उनीहरु विवेक र अन्तःकरणले युक्त भएका हुन्छन् । उनीहरुले भातृत्वको भावना लिएर एकअर्काप्रति व्यवहार गर्नुपर्दछ’ भन्ने प्रष्ट उल्लेख भएको छ । साथै मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा ३० मा ‘यस घोषणपत्रमा उल्लिखित कुनै पनि अधिकार र स्वतन्त्रताहरु नष्ट पार्ने उद्धेश्यले कुनै पनि क्रियाकलामा संलग्न हुन पाउँने वा कुनै पनि कार्य गर्न पाउँने अधिकार कुनै पनि राष्ट्र, समूह वा व्यक्तिलाई प्रदान गर्नेगरी यस घोषणापत्रमा उल्लेखित कुनै पनि कुराको व्याख्या गरिनेछैन’ भन्ने उल्लेख भएको छ ।
यसैगरी नेपालसमेत राज्यपक्ष भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा २०(२)ले ‘भेदभाव, शत्रुता वा हिंसालाई उत्तेजित पार्ने राष्ट्रिय, जातीय वा धार्मिक घृणाको कुनै पनि वकालतलाई कानुनबाट निषेधित गरिनेछ’ भन्ने स्पष्ट व्यवस्था गरेको छ । नेपालमा केही समयदेखि अभिव्यक्ति स्वतन्त्रताको अपव्याख्या गर्दै घृणात्मक अभिव्यक्ति केही कोणबाट व्यक्त हुन थालेको छ । त्यस्तो अभिव्यक्ति मानवता विरुद्धको अपराध हो । त्यस्तो अभिव्यक्तिको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ ।
अहिंसात्मक तवरले सद्भाव र सहिष्णुता सहित अधिकारलाई केन्द्रविन्दुमा राखी हुने स्वस्थ वहसलाई मानव अधिकार तथा शान्ति समाज स्वभाविक ठान्दछ । तर घृणा र द्वेषलाई वढावा दिने, देश विखण्डनको माग गर्ने, हिंसाको वकालत गर्ने, महिलाहरुको अस्मितामाथि निर्मम प्रहार गर्ने कुनैपनि विचार वा कृत्य कुनै व्यक्ति, संस्था वा समूह जो सुकैले गरेपनि अन्ततः त्यो मानवताविरुद्धको अपराधकै अंश हो भन्ने मानव अधिकार तथा शान्ति समाज प्रष्ट गर्दछ ।
कृष्ण पहाडी
संस्थापक सभापति
गङ्गाधर अधिकारी
सभापति

Post a Comment