0
पानीको हाहाकार
 २६ असार 
 
महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । जताजतै पानीको छ्यालब्याल हुनुपर्ने बेला जिल्लाका बर्दिवास नगरपालिका र पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हाथीलेट, बेलगाछी, भरतपुर र लक्ष्मीनियाँसहितका गाविस क्षेत्रमा यसअघि उपयोग गरिँदै आएका खानेपानीका स्रोत सुक्दै गएको छ । 
 
बर्दिवास नगरपालिका क्षेत्रको बर्दिवास र गौरीवासमा खानेपानीको आपूर्ति गर्दै आएको पानी भण्डारण ट्यांकीबाट धमिलो पानी आउने गरेको बर्दिवास खानेपानी आयोजनाका उपभोक्ताको गुनासो छ ।
 
बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गरेको खानेपानी धाराबाट आउने पानीको मुहानमा रातु नदीको बाढी पसेपछि पछिल्लो एक सातादेखि धमिलो पानी खानुपरेको बर्दिवास–३ का उपभोक्ता जङ्गबहादुर श्रेष्ठले बताउनुभयो । धमिलो पानी खानपिनमा प्रयोग गरिनाले आफ्नो बस्तीमा रुघाखोकी र झाडापखालाका बिरामी बढेका बासिन्दाको भनाइ छ । 
 
बर्दिवास नगरक्षेत्रकै किसाननगर र माईस्थान बस्तीमा खानेपानीका परम्परागत स्रोत (इनार र जरुवा कुवा) का मुहान सुकेकाले खानेपानीको जोहो गर्न समस्या परेको यहाँका बासिन्दा बताउँछन् ।
 
यता खानेपानीका लागि चापाकल र इनारमा भर पर्दै आएका हाथीलेट, भङ्गाहा, पशुपतिनगर, बिजलपुरा, भरतपुर, बेलगाछी, लक्ष्मीनिंयाँ र भरतपुर गाविस क्षेत्रमा लगातार इनार र चापाकल सुक्दै गएको छ । 
 
असारमभै ७०० घर रहेका आफ्नो बस्तीका २० इनार र ४० भन्दा बढी चापाकल सुकेपछि खानेपानीका लागि रातु र बडहरी नदीको पानी ओसारिएको भङ्गाहा गाविसको रामनगर बस्तीका अशोककुमार महतोले बताउनुभयो । 

Post a Comment

 
Top