0
आमा–बाबाले छोरी संग देह व्यापार गरेको आरोपआमा–बाबाले छोरी संग देह व्यापार गरेको आरोप






भारतको केरला पुलीसले १३ बर्षीय किशोरीसंग दुई बर्ष सम्म देह व्यापार गरेको आरोपमा उनकी आमा र सौतेला बाबा लाई गिरफ्तार गरेको छ ।

किशोरीकी आमा ले एक स्थानीय टेलीभिजनलाई एउटा ग्राहक बाट तीन हजार रिपोर्ट लिने तथा छोरीलाई कमसेकम महिनामा एक पटक कुनै न कुनै ग्राहककोमा पठाउने गरेको बताएकी छन् ।
ति महिला (आमा) को पहिलो पति बाट एक छोरा र एक छोरी पनि छन् । प्रहरीले किशोरीको १८ बर्षको भाईको भाईको विरुद्धमा पनि उसकी ११ बर्षकी कान्छी बहिनीलाई यौन शोषण गरेको आरोपमा मुद्धा दर्ता गरेको छ ।
किशोरीकी ३७ बर्षीय आमाका सबै गरेर सात छोराछोरी छन् । सबै भन्दा ठुलो सन्तान २४ बर्ष र सबैभन्दा सानो सन्तान ४ बर्षका छन् ।
यो परिवार केरलाको मुस्लिम समुदायको बाहुल्यता रहेको मल्लपुरम जिल्लामा कोठा भाडामा लिएर बसेका छन् ।
भाई माथी मुद्धा
प्रहरीले महिलाले बताएका ४० मध्ये २५ ग्राहकको पहिचान भएको बताएको छ ।  ५५ बर्षका एक दलाल र अरु ९ जनालाई नियन्त्रणमा लिईएको छ । यो घटनाको पर्दाफास त्यतीबेला भयो जतीबेला बालबालीकाका लागी काम गर्ने संस्था चाईल्डलाईन को काउन्सिलर सोमबार किशोरीको स्कुलमै पुगेका थिए ।
बालीकाले ति काउन्सीलर संग आमाबाबुले आफुलाई आफुभन्दा चारगुणा बढी उमेर भएका मान्छेसंग पठाउछीन भन्ने कुरा खुलेर भनीन् ।
त्यसपछि ति बालीकालाई सरकारी आश्रयमा राखियो । जबरजस्ती करणीको पुष्टी गर्न उनको मेडीकल जाँच पनि गरीएको थियो ।
चाईल्ड लाईनका स्वयंमसेवकले ति किशोरीकी सानी बहिनीलाई पनी प्रहरीको मद्धतमा सरकारी आश्रममा पु¥याएका थिए ।
फोटो अनी ग्राहक
उनका बाबु ५५ बर्षका छन् । यनी ड्राईभरको काम गर्छन् । प्रहरीसंगको बयानमा ति पापि बाबुले भने कि, म बच्चीको फोटो देखाएर ग्राहकलाई आकर्षीत गर्थे, मेरो बिबाह त १५ बर्ष पहिले नै भएको थियो । तर यसको कुनै प्रमाण भने उनले दिन सकेनन् ।
यो भन्दा पहिले पनि प्रहरीले कोच्चीमा २०११ मा एक पुरुष र उसकी श्रीमतीलाई यस्तै एउटा घटनामा गिरफ्तार गरेको थियो ।
ति दुवैलाई प्रहरीले आफ्नै नाबालीका छोरीलाई २ सय ब्यक्तीसंग देह व्यापारका लागी पठाउने गरेको आरोप लगाएको थियो ।
त्यतीमात्र होईन यो घटनामा प्रहरीले १ सय ४८ जनाको बिरुद्धमा उजुरी दर्ता गरेको थियो ।

Post a Comment

 
Top