अमेरिका पलायन भएको १७ वर्षपछि नेपाल फर्किएसँगै फेरि चर्चामा छाएको अभिनेता सरोज खनालले आफूले एक अभिनेत्रीको हत्या गरेको स्वीकारेका छन् । रिल लाइफमा नभई रियल लाइफमै एक प्रतिभाशाली अभिनेत्रीको आफूबाट हत्या भएकोमा आफूलाई पछुतोबोध समेत भइरहेको खनालले बताए ।
नेपाली चलचित्रमा चर्चामै रहेका बेला अमेरिका पलायन भएका कलाकार सरोज खनाललाई जीवनमा तपाइँलाई सबैभन्दा पछुतो लाग्ने कुरा के छ ? भन्ने एक प्रश्नको जवाफमा उनले आफ्नी श्रीमती सूर्यमाला शर्माभित्र रहेको एउटी अभिनेत्रीलाई मार्ने काम गरेकोमा पछुतोबोध भएको बताएका हुन् । अमेरिका जाने आफ्नो निर्णय भए पनि श्रीमती शर्मालाई भने एकपटक पनि नसोधी आफूसँगै अमेरिका लिएर गएको खनालले बताए । खनालपत्नी शर्मा अभिनयमा उम्दा अभिनेत्री थिइन् । तर उनलाई आफूसँगै अमेरिका लिएर गएर उनको अभिनयलाई पूर्णरिाम लगाउने काम आफूबाट भएको भन्दै सरोजले दुख व्यक्त गरे ।
कालिकास्थानमा रहेको सर्वनाम थिएटरले सुरु गरेको ‘कलाकारसँग अन्तरङ्ग’ कार्यक्रमका पहिलो अतिथि बन्दै उनले आफूले कतिपटक प्रयत्न गर्दा पनि सूर्यमालालाई अभिनयमा फर्काउन खोज्दा पनि नसकेको बताए । त्यसैले अब दर्शकको चाहनाले मात्र त्यो सम्भव हुने उनको धारणा थियो ।
‘सरोज खनालसँग ६० मिनेट’ मा दर्शकले उनका अभिनय, अमेरिका बसाईं र व्यक्तिगत विषयमा गरेका प्रश्नको उत्तर र १७ वर्षपछि पहिलोपटक रङ्गमञ्चमा नाटक प्रस्तुत गरेका थिए ।
सत्र वर्षको अमेरिका बसाइँपछि अब नेपालमै केही गर्छु भन्ने सोँचका साथ फर्केको बताउँने खनाल हाल केही चलचित्रहरुमा पनि अनुबन्धित भैसकेका छन् ।
Post a Comment