0

बारा जिविसका अकुत सम्पति आर्जन गरेका तीन कर्मचारी माथि अख्तियारको ध्यान

बारा जिविसका अकुत सम्पति आर्जन गरेका तीन कर्मचारी माथि अख्तियारको ध्यान
२५ असार
 जिल्ला बिकास समिति बारामा कार्यरत केही कर्मचारीहरु छोटो अवधिमै अतुल्य रकम कमाएर चर्चामा रहेका छन्। सरकारी जागीर खाएका कर्मचारीहरु आफ्नो बालबच्चा पढाउन, चोखो मिठो खान धौधौ पर्दै आएको छ। तर राजनीतिक दबाबका भरमा जागिर पाएका कर्मचारीहरु भने करौडौं रकम कुम्ल्याएर अहिे राजसी ठाँटबाँटका साथ जिन्दगी विताउन मग्न छन्।राजनितिक दबावको भरमा जिल्ला बिकास बारामा जागिर खाएका केही कर्मचारीहरुको केहि बर्षभित्रै जिल्लाको विकास बजेटमाथि तर मारेर करोडौं हात पारेको तथ्य सार्वजनिक भएको छ। जिल्ला बिकास समिति बारामा जागिर खानु अघि कलैयामा एक गैरसरकारी संस्थामा आबद्ध रहेकी टिना सुवेदी अहिले करोडौंको सम्पतिको मालिक भएकी छिन्। जिविस बाराका आन्तरिक लेखा परिक्षक तहका अधिकृत रहेकी सुवेदीले जिल्लामा रहेका प्रत्येक गाबिसहरुको आन्तरिक लेखा परिक्षणको रिपोर्ट तयार गर्दा कम्तीमा २५ हजारसम्म बर्षिक रुपमा अवैध तरीकाले असुल्ने गरेकी गाबिसका सचिवहरुले नाम सार्वजनिक नगर्ने शर्तमा बताएका छन्। सुवेदीले आर्जन गरेको रकमबाट काठमाडौं लगायतका देशका बिभिन्न स्थानहरुमा घर घडेरी किन्न सफल भएको उनका सहकर्मीहरुको भनाई रहेको छ।जिल्ला बिकास समिति बारामा खरिदारको जागिरमा प्रवेश गरेका राजिव यादव पनि भ्रष्टाचार गरी करोडौको सम्पत्ति जोडन सफल भएका कर्मचारी मध्य गनिन्छन । पाँच बर्ष अगाडी कलैयामा डेरा लिएर बस्ने यादव अहिले आलिसान घर बनाएर कलैया, बिरगंज लगायतका स्थानहरुमा घर घडेरी जोडनुको साथै टाटा सुमो खरिद गरी त्यसमा सयर गर्दै अरु कर्मचारीहरु भन्दा फरक भएको देखाउने गरेका छन्। यादवले जिबिसको जिन्सी फाँट हेर्ने र बेला बेलामा राजश्व फाँट समेतमा समेत तरमार्ने गरेको बताईन्छ। यादवले जिन्सी फाँटबाट जिल्ला बिकास समितीमा रहेका सवारी साधनको पार्टपुर्जाको नक्कली बिलहरुको आधारमा बार्षिक करोडौको भुक्तानी गराई लेखापालसँग मिलेर बाँडीचुडी खाने गरेको बारा जिविसमा सबै जानकार भएपनि उनको विभिन्न क्षेत्रमा पहुँच राख्ने कारण तैंचुप मैचुप छन्। जिल्ला बिकास समितीमा जिप, टिपर र अन्य मेशिनरी समानहरु प्रायः बिग्रेकै अवस्थामा रहने गरेको बुझिएको छ ।यसैगरी जिल्ला बिकास समितिको कमाईबाट करोडपति बनेका अर्का कर्मचारी बिरेन्द्र महतो हुन्। उनी जिविसमा आउनुअघी क्याम्पसमा पढाउने र गाउँमा खेतीबारीमा काम गर्ने गर्दथे। जिल्ला बिकास समितिमा नायब सुब्बाबाट राजनितिक प्रभावको आधारमा जागीर पाएका महतो अबैध असुलीबाट करोडौको सम्पति जोडन सफल भएका हुन्। महतोले योजना शाखाबाट जिल्ला बिकास समितिले संचालन गर्ने योजनाको भुक्तानी दिनको लागि टिप्पणी उठाउदा र गाबिसहरुलाई अनूदान रकम जिविसबाट दिदा कमिशन उठाएर नै करोडौको सम्पत्ति जोडन सफल भएका छन। सामान्य खानलाउने हैसियतका महतो जिविसमा जागिरे भएपछि टाटासूमो चढेर गुड्ने गरेका छन्।जिल्ला बिकास समितीका यस्ता चर्चित कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालयको ध्यान इ क्रमचारि माथि परेको अख्तियारका एक क्रमचारीले बताएका छन 

Post a Comment

 
Top