सचिवलाई जवर्जस्ती चेक काट्न लगाउने
असार
रौतहटको बन्जरहा गाविसका सचिवलाई अपहरण शैलीमा गौर नगरपालिकाको कार्यालय नजिकबाट उठाएर जवर्जस्ती चेक काट्न लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
बन्जरहा गाविसका सचिव प्रेमशङ्कर बर्मालाई गौर नगरपालिका कार्यालय नजिकबाट बाटोमा हिडिरहेको अवस्थामा कुटपिट गर्दै मोटरसाइकलमा बसाएर सोही गाविसका कार्यालय सहयोगी उमेश यादवले लगेका थिए । बाटोबाट सचिवलाई लगेको दृष्य प्रत्यक्षदर्शीले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूले सचिव बर्मालाई गौर नपा–५ स्थित यादवले आफ्नै घरमा लगेर जवर्जस्ती रु तीन लाख ५९ हजारको चेकमा सही गराइरहेको समयमा प्रहरी टोलीले उमेशलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक थपलियाले बताए ।
सचिव बर्माले आफूलाई कार्यालय सहायक यादव र उनका दुई दाजुभाइले कुटपिट गर्दै चेक काट्न लगाएको र नकाटेमा भारत लगेर ज्यान मार्ने धम्की दिएको भन्दै जीउ ज्यान रक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
पक्राउ परेका यादवले भने तीन वर्षदेखि आफूलाई सचिव बर्माले तलब नदिएकाले बाध्य भएर यस प्रकारको कदम उठाउनुपरेको बताए ।
Post a Comment