0

त्यो बसमा त्यो दिन भोगेको नरमाइलो प्रसंग


sita pokharel
सीता पोखरेल
आफ्नो गन्तब्यमा पुग्नका लागि मान्छे नै मान्छेको भिडले भरिएको सार्बजनिक यातायातमा चढ्नेबित्तिकै उसका हातहरु मेरो शरिरभरि सल्बलाउने कोशिसमा रहेको महसुश गरेँ । उसको हातलाई झट्रकालेर भनेँ, “आफ्नो हातलाई सम्हालेर राख्नुहोला, यो महङ्रगीको जमानामा हस्पिटल धाउनुपर्ला फेरि, तपाँईको जस्तै मेरो पनि हात छ तपाँईको हात सग्बगाए जस्तै मेरो पनि सग्बगाई रहेछ, म के गरुँ ” । अनि उसको कु -कृत्यको मिठो उपहार प्राप्त गर्यो उसले आफ्नो गालामा । थपेँ ” हे भगवान् ! आज किन मैले हिल भएको जुत्ता लगाईन नत्र त तिम्रा यी पाउहरुमा जिन्दगीभर सम्झिरहने दुखाई उपहार छोडिदिन्थेँ ।
” कलम समाएर मिठा मिठा प्रेमिल गजल,कबिता ,लेख्न मन पराउने मेरा यी कोमल हातहरु कसैको गालामा बर्जिन पुग्नु सायद पहिलो अनुभव थियो । आँफैले भोगेपछि थाहा भयो , उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग भनेझैँ हामीसँगै हुने सामान्य चिजबिजहरु जस्तै हिल जुत्ता, सेप्टी पिन, कपाल च्याप्ने पिन लगायत पनि यस्तो परिस्थितिमा हामीलाई काम लाग्नसक्छ । उनिहरु थाहा नपाएझैँ हामीलाई हानी पुर्याउन खोजिरहेका हुन्छन् भने हामीले पनि त्यही बिधिबाट आँफुलाई बचाउन सक्छौँ । आफ्नो गल्ति महशुस भएपछि उनिहरु आँफै पछि हट्न बाध्य हुन्छन् । हामीले केवल महशुस गराउन सक्नुपर्छ ।। ( थाहा छ यही गर्नुपर्छ ,भन्नुपर्छ तर त्यो असहज परिस्थितिमा हिम्मत आए पो , दिमागै चल्दैन र पो त ।। ) 

Post a Comment

 
Top