जसको नाममा लेखिएको छ कालो इतिहास
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको लामो इतिहास बोकेका पात्र हुन् । नेपाली कांग्रेसको लामो इतिहासमा पहिलो पटक पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् ।
डडेलधुराको रुवाखोला असिग्राम—५ मा जन्मिएका देउवा ०१७ पछिको शाही ‘कू’ पछि नेपाली राजनीतिमा प्रवेश गरेका हुन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको प्रथम सभापतिसमेत हुन् ।
नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीपछि शेरबहादुर देउवा २०५२ साल भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला तत्कालिन राजा वीरेन्द्र शाहको शासनकालमा प्रधानमन्त्री भएका उनी ज्ञानेन्द्र शाहको शासनकालमा पनि प्रधानमन्त्री हुन पुगे ।
नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीपछि शेरबहादुर देउवा २०५२ साल भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला तत्कालिन राजा वीरेन्द्र शाहको शासनकालमा प्रधानमन्त्री भएका उनी ज्ञानेन्द्र शाहको शासनकालमा पनि प्रधानमन्त्री हुन पुगे ।
सुदूरपश्चिमको दुर्गम जिल्ला डडेलधुराबाट स्थापित भइ राष्ट्रिय राजनीतिमा छाएका देउवा तीन तीन पटक प्रधानमन्त्री भई जनताको हितमा काम गरेर स्वर्ण अक्षरले नाम लेखिनुपर्ने ब्यक्ति हुन् । तर लामो समयपछि नेपाली कांग्रेसभित्रको कोइराला विरासतमा पुगेका देउवा एउटा यस्तो पात्र बन्न पुगे जसको नाम इतिहासमा एउटा कालो अक्षरले कोरिएको छ ।
झण्डै सात दशकको इतिहास बोकेको नेपाली कांग्रेसको नेतृत्व लिन आइपुगेका देउवा जसले नारायणहिटी दरबार हत्याकाण्डपछि पूर्व राजा ज्ञानेन्द्रको हातमा प्रजातन्त्र सुम्पिएका थिए । प्रजातन्त्रको अवशान गर्दै शाही ‘कू’ गर्न मद्दत गर्ने देउवाको त्यो कदम कहिल्यै नमेटिने इतिहास बनेको छ ।
राजा ज्ञानेन्द्रको निगाहमा प्रधानमन्त्री बनाइएका देउवाको सरकार तिनै ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई विघटन गरेका थिए । त्यसको दुई वर्षपछि २०६१ सालमा पूर्वराजा ज्ञानेन्द्रले देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए ।
देउवाले बुझाएको संसद पुनस्र्थापना गर्नका लागि कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले अथक प्रयास गर्नुपर्यो भने प्रजातन्त्रको रक्षार्थ सशस्त्र जनयुद्धमा होमिएको तत्कालिन नेकपा माओवादीसँग हातेमालो गर्नुपर्ने बाध्यता गिरिजाबाबुलाई परेको थियो ।
देउवा यस्ता ब्यक्ति हुन्, जो कांग्रेसको आन्तरिक राजनीतिमा पनि सधै तघारो बनेर उपस्थित भइरहे । आफूले लाभको पद लिन नपाएकै झोंकमा उनले नेपाली कांग्रेसलाई टुक्राउने काम पनि गरे । पार्टीमा आन्तरिक द्वन्द्व झिकेर देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए । विभाजित भएपछि कांग्रेस निकै कमजोर बनेकै कारण २०६४ सालमा एकीकरण गरिएपछि देउवा नेपाली कांग्रेसको बरिष्ठ नेता बन्न पुगेका थिए ।
देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएको बेला नै राष्ट्रियता र जनजिविकासम्बन्धी डा.बाबुराम भट्टराईले ४० बुँदे ज्ञापनपत्र बुझाएका थिए । आफ्नो मागहरुको बेवास्ता गरिए जनयुद्ध गर्ने भनिए पनि देउवाले वेवास्ता गरेका कारण माओवादीले जनयुद्धको थालनी गरेका थिए । जुन देउवाको लागि अर्को अभिशाप बन्न पुग्यो । सरकार चुस्त र दुरूस्त हाेइन, जम्बाे बनाउनुपर्छ भन्ने परम्परा पनि देउवाले नै बसाएका थिए । उनकाे मन्त्रीमण्डलले अर्धसतक पार गरेकाे थियाे ।

Post a Comment