३ सय ७२ सहकारी संस्था कार्रवाहीमा
फागुन २६
सहकारी ऐननियम विपरित सन्चालनमा रहेका अर्घाखांची र कपिलवस्तुका ३ सय ७२ सहकारी संस्था चालु आर्थिक वर्षमा कार्रवाहीमा परेका छन् ।
स्थानीय समुदायका गरिब तथा विपन्न परिवारलाई लक्षित गरी सहकारी संस्था मार्फत उनीहरुलाइ आर्थिक रुपमा सवल बनाउने उदेश्यले खोलिएपनि ऐननियम विपरित सन्चालनमा रहेका उक्त सहकारी संस्था कार्रवाहीमा परेका छन् । तौलीहवा स्थीत डिभिजन सहकारी कार्यालयमा आवद्ध अर्घाखांची र कपिलवस्तुका गरी ६ सय ६८ मध्ये ३ सय ७२ सहकारी संस्था नियम विपरित सन्चालनमा रहेकाले चालु आर्थिक वर्षमा कार्रवाहीमा परेका छन् ।
अधिकांश सहकारीको लगानी सहकारी ऐन नियम अनुसार नभएको समयमा अडिट रिपोर्ट नवुझाउने, सार्वजनिक सभा नगर्नेे, मासिक प्रतिवेदन नवुझाउने लगायतका गल्ती गरेकाले पहिलो पटक चेतावनी स्वरुप कार्रवाही गरि २ लाख बढि राजश्व संकलन गरेकोे डिभिजन सहकारी कार्यालय तौलीहवाका प्रमुख अधिकृत राम प्रसाद चापागांइले बताउनुभयो ।
पुन गल्ती गर्ने सहकारी कार्यालयको दर्ता खारेज सम्म गर्न सकिने डिभिजन कार्यालयको थप भनाइ छ । सहकारी कार्यालय तौलीहवा मार्फत अर्घाखांची र कपिलवस्तुका नागरिकको १ अरव ४९ करोड ७२ लाख ३७ हजार ८० रुपैयांको लगानी छ ।
Post a Comment