मोरङमा चारबर्षमा साक्षरता १७ प्रतिशतले वृद्धि
२१ फागुन
मोरङमा राष्ट्रिय जनगणनापछिको चारवर्षमा साक्षरता प्रतिशत १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार मोरङको साक्षरता प्रतिशत ७० दशमलव १३ रहेको थियो ।
सरकारले सुरु गरेको साक्षरता अभियानपछि मोरङको साक्षरता प्रतिशत ८७ प्रतिशत पुगेको हो । साक्षरता अभियान सुरु गर्नुअघि मोरङमा एक लाख ५८ हजार ४३६ जना निरक्षर रहेका मोरङका सहायक जिल्ला शिक्षा अधिकारी फणीन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अब २३ हजार ५४९ जना साक्षर हुन बाँकी रहेका छन् ।
बाँकी निरक्षरलाई साक्षर बनाएर आगामी वैशाखभित्रमा साक्षर जिल्ला घोषणा गर्ने अभियानमा रहेको खत्रीले बताउनुभयो । मोरङलाई २०७१÷७२ मा सघन जिल्लाका रुपमा लिएर साक्षरता अभियान चलाइएको हो । साक्षरता अभियानमा ३८ वटा गाविस समेटिएको सहायक जिशिअ खत्रीको भनाइ छ ।
Post a Comment