किन सफल भएन लिफ्ट सिंचाई योजना ?
फागुन २७
धनकुटाको तमोर र अरुण नदी आसपासका सुख्खाग्रस्त फाँटमा सिंचाइ सुविधा पुर्याउन ल्याइएको लिफ्ट सिंचाई योजना अलपत्र बनेको छ । योजना अघि सारेसँगै हर्षित बनेका त्यस क्षेत्रका बासिन्दा कुनै पनि काम अघि बढ्न नसक्दा निरास बनेका हुन् ।
तमोर र अरुण नदीको पानीवाट धनकुटाका नदी किनार क्षेत्रका बासिन्दालार्ई
सिंचाई सुबिधा पुर्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको लिफ्ट सिंचाइको योजना अलपत्र बनेको हो ।
तमोर नदी अन्तर्गत पाँचथरको सिमाना नावा खोलादेखि त्रीवेणी घाटसम्मका करिब २ हजार पाँचसय हेक्टर तथा सोही हाराहारीको अरुण नदी आसपासका जमिनमा सिंचाइ सुविधा पुर्याउने गरि ३ बर्ष अघिनै पूर्वाञ्चल सिंचाई विकास डिभिजन कार्यालय धनकुटाले लिफ्ट सिंचाइको योजना ल्याएर निरिक्षण र प्रारम्भीक संभाव्यता अध्ययनको काम थालेको थियो ।
तर, योजना अन्तर्गतको कुनै पनि काम अघि नबढेपछि स्थानीयबासिन्दा नदीमा बगेको पानी हेरेरै बस्न बाध्य छन् ।
नदी बग्ने सतहबाट ३० देखि १ सय ५० मिटरको छोटो दुरीमा रहेकाले सिंचाइका लागि लिफ्ट प्रविधि कम खर्चिलो र उत्तम उपाय हुने भन्दै सिंचाइ विभागले लागत स्टिमेट मागे पछि बढिमा ६० लाखको लागत स्टिमेट तयार पारेर बिस्तृत संभाब्यता अध्ययनका लागि पटक–पटक पत्र लेखे पनि विभागले आवश्यक प्रकृया अघि बढाएको छैन ।
यता, सिचाई डिभिजन कार्यालयले कुनै चासो नदिएको भन्दै स्थानीयवासी कृषि कार्यालय धनकुटा संग सिचाईको लागि सहयोग माग्न थालेका छन् ।
Post a Comment