बरौनीबाट ग्यास आयात प्रभावित
१९ फागुन
भारतको बरौनीस्थित ग्यास उद्योगमा प्राविधिक
समस्या आई बन्द भएपछि नेपालतर्फको ग्यास आयात प्रभावित बनेको छ ।
भारतको बरौनीस्थित ग्यास उद्योगले नेपाल आयल निगमबाट प्राप्त कोटाअनुसार
ग्यास उपलब्ध गराउन नसक्ने देखिएपछि बजारको मागअनुसार वितरणमा समस्या हुने
देखिएको हो ।विराटनगरस्थित कोसी ग्यासका प्रबन्धक सचित उपाध्यायले उद्योगबाट कम्तीमा पाँच दिनसम्मका लागि ग्यास लोडिङ हुन नसक्ने भन्ने जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो – “ग्यास उद्योगमै समस्या भएपछि मागअनुसार बजारमा ग्यास पु¥याउन समस्या भएको छ ।”
भारतको बरौनीस्थित ग्यास उद्योगमा प्राविधिक समस्या आएकाले केही दिनलाई उद्योग बन्द गरिएको जानकारी प्राप्त भएको उपाध्यायले बताउनुभयो ।
बरौनीबाट मासिक ३९ बुलेट ग्यास ल्याउने गरेको तर फेब्रुअरी महिना सकिन लाग्दा जम्मा २५ बुलेट मात्र आयात भएको उहाँले जानकारी दिनुभयो । उद्योगले हल्दिया र मथुराबाट पनि ग्यास ल्याउने गरेकामा अहिले त्यहाँबाट पनि परिमाणअनुसार प्राप्त नभएको जनाएको छ । पूर्वमा सञ्चालित आठवटा ग्यास उद्योगले बरौनी, हल्दिया र मथुराबाट ग्यास आयात गर्छन् ।
विराटनगर भन्सार कार्यालयका अनुसार फागुन १० गतेदेखि यता ७८ ट्याङ्कर डिजेल, २७ ट्याङ्कर पेट्रोल र २९ बुलेट ग्यास नेपाल प्रवेश गरेको छ । दैनिक १२ बुलेटसम्म ग्यास विराटनगरको रानी भन्सार नाका भएर आउने गरे पनि दिन बिराएर थोरै परिमाणमा आउने गरेको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार नाका सहज भएसँगै इन्धन आयात भने सहज नै हुन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “कात्तिक ११ गते भने एक बुलेट ग्यास पनि नेपाल भित्रिएन ।”
त्यहाँबाट ग्यास उद्योगले नेपाल आयल निगमबाट प्राप्त कोटाअनुसार ग्यास आयात गर्न नसक्ने देखिएपछि बजारको मागअनुसार वितरणमा समस्या हुने देखिएको हो ।





![बाजुरामा सेनाको जहाज दुर्घटना, क्याप्टेनको घटनास्थलमै मृत्यु [भिडियोसहित]](http://assets-cdn.ekantipur.com/images/third-party/miscellaneous/Aircrash-30052017013540-1000x0.jpg)
Post a Comment
EmoticonClick to see the code!
To insert emoticon you must added at least one space before the code.