एसियाली मुलुकलाई एकापसमा भिडाए
असार २
– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पश्चिमा देशले एसियाली एसियाली मुलुकलाई एकापसमा भिडाएर संसारमा आफ्नो प्रभुत्व कायम राख्ने षड्यन्त्र गरिरहेको बताए ।
नेमकिपा विदेश सम्बन्ध विभागको आयोजनामा आज यहाँ भएको दक्षिण चीन सागर र त्यहाँका टापूसम्बन्धी विवाद विषयको विचार गोष्ठीमा बोल्दै उहाँले पश्चिमा देशको षड्यन्त्रप्रति जनता सचेत हुनुपर्ने बताए।
भारत, जापान र आसियान देशलाई हतियारको रुपमा प्रयोग गरेर अमेरिकी र पश्चिमा देशले चीनको आर्थिकको प्रगतिलाई अवरुद्ध गर्न खोजिरहेको उहाँको आरोप थियो ।
मालाबार युद्धाभ्यास एक क्षेत्र एक बाटो तथा एक्काइसौँ शताब्दीको सामुद्रिक रेशम मार्गको चिनियाँ सपना बिथोल्ने उद्देश्यले भइरहेको अध्यक्ष बिजुक्छेको तर्क थियो ।
चीनले कहिल्यै कुनै पनि देशमा उपनिवेश लादेर दुःख दिने काम नगरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेले अमेरिकामा हुने राष्ट्रपति निर्वाचनका बेला दक्षिण चीन सागरको विवादलाई उछाल्ने काम गरिरहेको आरोप लगाए।
नेमकिपाका केन्द्रीय सदस्य एवम् विदेश सम्बन्ध विभागका प्रमुख प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंलगायतले चिनियाँ क्रान्तिका उपलब्धि ध्वस्त बनाउन पश्चिमा मुलुकहरु लागिपरेको बताए।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, नेमकिपा विदेश सम्बन्ध विभागका सदस्य सुरेन्द्रराज गोसाईं, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजू, राजेन्द्र चवाललगायतले दक्षिण चीन सागर र टापूको इतिहास तथा विश्वको वर्तमान राजनीतिक अवस्थाबारे बोलेको थियो ।
Post a Comment