लघुकथा ः सम्मान
विभु
ओ, पत्रकार ज्यूनमस्कार है नमस्कार चिया पिऔंआउनुस्। नमस्कार फर्काउँदै बसे।उनले ती व्यक्तिहरुसङ्ग बसेर एक कप चिया मात्रै पिईदिए पनि स्वर्णिम आनन्दको अनुभूति गर्थे ।
सँधै रक्सी धोकेर आउँछौ, पत्रकार हुँ भन्ने फुर्ति मात्र लगाउछौ,नमस्कार,चिया र झोल खाएर तिमी पो टन्न भा छौ,अनि घरमा पनि मान्छे छन् भन्नेहेक्का छ कि छैन ?सङ्गैका साथीलेकार चढेर हिड्छन् ,सारा संसारको कुरा लेख्न सक्नेले आफ्नो बारेमा पनि लेखे भै हाल्यो नि ,अरुलाई फूर्ति लगायो आफू भने नाङ्गै। उनकी श्रीमतीलेआफ्नो खण्डकाव्य एकैसासमा टुङ्गाईन्।
कसो गरुँम त ?
भैंसी पाल्ने दुध बेच्ने,अरु के गर्ने? बाँच्नु त प¥यो नि...।उनलाईरातभरि पिरोलो भा,े साँच्ची कतिञ्जेल परजीवि भएर बाँच्ने?नमस्कार र सम्मानले मात्र पेट भर्दैन छोरा छोरी ठूलठूला भै सके।
नयाँ विहानी,नयाँ सोचका साथ नयाँ जीवन गोरेटोमा पाईला चाले ।उनी चिया पसलेकहाँ दुध बेच्न पुगे । नेताहरु चिया पिईरहेकाथिए । उनलाईकसैले नमस्कार पनि गरेनन, चियाका लागि पनि सोधेनन्। मुस्स हाँसेर अर्कोठाउँमा दुध बेच्न हिँडे। उनलेमनमनै सोच्दै थिए चिया पिउन बसौं भनेअर्को ठाउँमा बेच्न ढिलो हुनेछ ।
नेताहरु सङ्गै बसेर नयाँ पत्रकार चिया पिउँदैथिए । एक कर्मठ युवक नेतालेनयाँपत्रकारलाई धाप मार्दै भने यस्तो अलपत्र कार नबन्नु हैमित्र ।सबैलेपेट मिचीमिची हाँसे।

Post a Comment