Latest News

1
 विदेश पठाइ दिने भनी ठगी गरेको आरोपमा दुई पक्राउ


 विदेश पठाइ दिने भनी ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 
महानगरीय अपराध महाशाखाको विशेष टोलीले भूकम्पपीडितको कोटामा क्यानाडा पठाइदिने भनी ठगी गर्ने काठमाडौँ धापासीका देवजङ्ग पण्डित र अफगानिस्तान पठाइ दिने भनी ठगी गर्ने धादिङका ३३ वर्षीय यमन तामाङलाई पक्राउ गरेको हो । 
आरोपी पण्डितले भूकम्पपीडितको कोटा आएको छ भनी काठमाडौँ बूढानिलकण्ठ नगरपालिका–१७ का मच्छे श्रेष्ठलाई विश्वास दिलाई पटक÷पटक गरी रु २२ लाख लिई दक्षीण अफ्रिकासम्म पु¥याई अलपत्र पारी फरार भएका थिए । 
त्यसैगरी, तामाङ्ले धादिङ मैदी–७ का देउबहादुर गुरुङलाई आकर्षक तलबको लोभ देखाइ अफगानिस्तान पठाईदिन्छु भनी पटक÷पटक गरी रु पाँच लाख ५० हजार लिई दुवईमा पु¥याएर अलपत्र पारेका थिए । 
बानेश्वरबाट पक्राउ गरिएका पण्डित र नयाँ बजारबाट पक्राउ परेका तामाङ दुबैलाई ठगी मुद्दामा थप अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top