भाद्र २३, २०७३- तीन महिनादेखि तलब बिहीन संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका झन्डै ३० नेपाली सुरक्षागार्डले आफूहरुलाई यथाशिघ्र उद्दार गर्न अपिल गरेका छन् । ती सुरक्षागार्ड १० महिनाअघि यूएई पुगेका थिए ।
यूएईको सारजाहास्थित सनैया—३ लेबर क्याम्पमा बस्दै आएका उनीहरु ‘लिडर सेक्युरिटी सर्भिस’ मा कार्यरत थिए । ‘नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौताविपरीत यहाँको कम्पनीले तलब दिएको थियो ।
‘कम तलब दिंदै आए पनि हामी काम गरिरहेका थियौं’, पीडित भएका भरत जोशीले कान्तिपुरलाई भने,‘कम्पनीले पछिल्लो समयदेखि तलब नै दिन छाड्यो ।’
उनीहरु काठमाडौंस्थित हिमारब ओभरसिज र एनसीअफ म्यानपवारलाई दुई लाख ५० देखि दुई लाख ७० हजार रुपैयाँ बुझाएर यूएई पुगेका थिए ।
अलपत्र परेका नेपाली सुरक्षागार्डको सूची ।
म्यानपावरले तलबसहित १८ सय ४१ दिराम पाउँने भन्दै कामदारसँग सम्झौता गराएको थियो । ‘यूएई आएपछि कम्पनीले अर्को सम्झौता गर्न बाध्य बनायो । जसमा कम तलब उल्लेख थियो’, उनले भने,‘पहिलो महिना देखि नै कहिले पूरा तलब भएन ।
कहिले ५ सय दिराम दिने । कहिले एक हजार दिराम दिन थाल्यो । हामीले पुरा तलब दिन माग गरिरहेको थियौ । पछि आएर कम्पनीले तलब दिन नसक्ने भन्दै हामीलाई वास्ता गरेन ।’
तलब नपाएपछि उनीहरुले एक महिनादेखि काम गरेको छैनन् । ‘हामी न्यायको लागि यूएईस्थित श्रम अदालतमा गयौं । अदालतमा छिट्टै सुनुवाई भएन । अदालतले अगस्ट ३१ तारिख तलब दिन कम्पनीलाई बोलाएको थियो । त्यो दिन पनि तलब दिएन’, अर्का पीडित देबकुमार श्रेष्ठले भने ।
नेपालमा म्यानपावरसँग गरिएको श्रम सम्झौता । जुनअनुसार उनीहरुले तलब पाएनन् ।
उनीहरुले यसबारे नेपाली दुताबासलाई सेप्टेम्बर १ मा जानकारी दिएको छ । दुताबासले अदालतमा मुद्दा भइसकेकोले तत्काल केही गर्न सक्ने अबस्था नभएको जानकारी दिएको उनीहरुले बताए ।
यूएई गएदेखि आफूहरुले स्वदेशमा एक लाख रुपैयाँ पनि पठाउन नसकेको बताए । ‘त्यत्रो रकम बुझाएर आयौं । अहिले हामीसँग खाने पैसा पनि छैन । घरमा एक लाख रुपैयाँ पनि पठाउन सकेको छैन’, भक्तराज थापाले भने ।
उनीहरुले उधारो खादै आएको बंगाली ब्यापारीले पनि सामान दिन छाडेको छ । ‘हामी थप मानसिक तनाव लिन सक्दैनौं’, थापाले भने,‘जतिसक्दो छिटो उद्दार गर्न दुताबास र नेपाल सरकार समक्ष अपिल गर्दछौं ।’
उद्दारको लागि आबुधाबीस्थित नेपाली दूताबासलाई गरिएको अनुरोध पत्र ।
२ भदौ, डोटी । आदर्श गाउँपालिका-३ (साबिकको दलकालिकास्थान गाबिस-२ ऐली)की हरिना बिक महिला स्वास्थ्य स्वयंसेबिका भएको १८ बर्ष भयो । हरिनाले तीन बर्ष पह...Read more »
१२ भदौ, कन्चनपुर। कञ्चनपुर पुनर्वास नगरपालिका-९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय त्रिभुवन ...Read more »
११ भदौ, काठमाडौं । त्यतिबेला नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा गन्न सकिने संख्यामा थिए । पुरुषप्रधान समाज रुढीवादी मान्यतामै अडिग थियो । महिलाले पुर...Read more »
११ भदौ, काठमाडौं । सरकारले एकैपटक ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक...Read more »
जेष्ठ १६, २०७४- हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी क...Read more »
ब्लग भन्नाले त्यस्ता वेबसाइट बुझिन्छ, जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीका रूपमा प्रकाशित गर्दछन् । आफूलाई लागेको कुरा ले...Read more »
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.