ब्लग भन्नाले त्यस्ता वेबसाइट बुझिन्छ, जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीका रूपमा प्रकाशित गर्दछन् । आफूलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमै चर्चित बन्दै गएको छ । ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब र लगको समिश्रणद्वारा बनेको हो । सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्ना स-साना नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत गर्ने एक प्रमुख माध्यमका रूपमा विकसित भएको छ ।
नेपालको परिप्रेक्ष्यमा ब्लगको शुरुवात कहिलेबाट भयो भन्ने यकिन इतिहास छैन । तर, २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा वैकल्पिक सञ्चारमाध्यमका रूपमा ब्लग देखिएको हो ।अहिले करिब ५ सयको हाराहारीमा नेपाली ब्लगहरू सञ्चालनमा रहेको पाइन्छ । यो तथ्याङ्क नेपाली ब्लगहरूको सङ्ग्रह bloggers.com.np मा हेर्न सकिन्छ ।
सामान्यतया: लेखहरू राखिने ब्लगहरू प्रचलित भए पनि ब्लगहरू अन्य विभिन्न प्रकारका हुने गर्छन् । भिडियोसम्बन्धी ब्लगलाई भिलग भन्ने गरिन्छ । त्यस्तै फोटोहरू राखिने फोटोब्लग पनि प्रचलित छन् । अचेल मोबाइलबाट पनि ब्लग गर्ने प्रविधिको विकास भइसकेको छ, त्यस्ता ब्लगलाई मोब्लग भन्ने गरिन्छ । विषयवस्तुको हिसाबले पनि विभिन्न प्रकारका ब्लगहरू हुने गर्दछन्, जस्तै राजनीतिक ब्लग, ट्राभल ब्लग, फेसन ब्लग आदि । यी सबै ब्लगहरू खोज्न technorati.com नामक सर्च इन्जिन को पनि विकास गरिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjSnr-q9t_rTecicBvumPntN6jxUbQ5pYcIVFCCPwHSd9uifB_yVTfP_1qN0RcK6kxJixezwyhKoHOazTWW0xAbAS5pqkoxe-2Yn75EU1dyKqpUueF1UtavBxr8GqlZ3d-URaDHslj4oHiq/s400/jevanblog.png)
केको बारेमा ब्लग लेख्ने भन्ने कुरा निश्चित गरेपछि कहाँ लेख्ने भन्ने प्रश्न आउँछ । ब्लग लेख्न दुई तरिकाहरू अपनाउन सकिन्छ । यदि तपाईंको आफ्नै वेबसाइट छ भने त्यसैमा ब्लग लेख्ने सफ्टवेयर राखेर ब्लग सुरु गर्न सकिन्छ । WordPress, Movable Type र Typo जस्ता ब्लग लेख्न प्रयोग गरिने सफ्टवेयर इन्टरनेटमा सित्तैमा डाउनलोड गरी प्रयोग गर्न पाइन्छ । तर, सबैको आफ्नै वेबसाइट नहुन सक्छ, यस्तो अवस्थामा इन्टरनेटमा रहेका blogger.com र wordpress.com जस्ता साइटहरूमा गएर आफ्नो ब्लग सुरु गर्न सकिन्छ । यी वेबसाइटहरूमा सित्तैमा आफ्नो ब्लगसाइट निर्माण गर्न सकिन्छ ।
यी ब्लग साइटहरूमध्ये WordPress.com सजिलो तथा निकै प्रख्यात पनि छ | Wordpress मा आफ्नो ब्लग सुरु गर्नका निम्ति सुरुमा एउटा account खोल्नुपर्छ । यसरी नयाँ account सुरु गर्दा तपाईंले आफ्नो ब्लगको शीर्षक पनि दिनुपर्ने हुन्छ । account बनिसकेपछि तपाईंले ब्लग लेख्न सुरु गर्न सक्नुहुन्छ । त्यस्तै अर्को ब्लग साइट blogger.com पनि अचेल निकै प्रचलित हुँदै गएको छ । blogger.com फाइदा के छ भने यसमा ब्लग लेख्नको लागि यदि तपाईंसँग Gmail ठेगाना छ भने त्यसैको प्रयोग गर्न सक्नुहुन्छ ।
![](https://www.ultimatecycler.com/banners/240x400.png)
www.youtube.com,www.myspace.com,www.screenwritingexpo.com,www.zoetrope.com,www.filmmaker.com आदि हुन् ।ब्लग अहिले आफ्नो आवाज सर्वसाधारणसम्म पुर्याउन सबैभन्दा छिटो तथा सशक्त माध्यम भएको छ । आफूलाई लागेको कुरा पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिक्रिया पर्खने लामो प्रक्रियाबाट ब्लगको माध्यमद्वारा मुक्त हुन सकिन्छ । ब्लगको अझ रमाइलो कुरा के छ भने आफूले लेखेको ब्लगको प्रतिक्रिया तुरुन्तै प्राप्त हुने गर्दछ । अझ धेरैले Google Adsense जस्ता अनलाइन विज्ञापन आफ्नो ब्लगमा प्रकाशित गरेर आम्दानी पनि गर्ने गर्दछन् । यति धेरै रमाइलो ब्लगिङको दुनियाँमा आजै किन नछिर्ने त ?
Post a Comment