0

५७ हजारको स्मार्ट चश्मा

         शक्तिशाली क्यामेरा, आँखा अगाडि नै इमेल, मेसेज पढ्न सकिने सुविधा। चाहेको जानकारी बोल्नासाथ आँखै अगाडि आउने यसखालको सुविधा भएका चश्माहरु यतिखेर ग्याजेट बजारका चर्चाका साधन भएका छन्।लगाउने प्रविधि (Wearable Technology)मा ग्याजेट निर्माताको प्रतिस्पर्धासँगै चश्मा सबै भन्दा बढी प्रतिस्पर्धाको ग्याजेट बनेको छ। गुगलले अघि सारेको गुगल ग्लासलाई मूल्य र प्रविधिमा मात दिने गरि नयाँ नयाँ चश्माहरु बजारमा निस्कने क्रममा छन् केहीले त निक्कै सस्तो मूल्य राखेर अनलाइनमा बुकिङ पनि खोलिसकेका छन्।स्मार्टफोन, ट्याब्लेट सबैलाई छुटि्ट दिने गरेर बजारमा उत्रिन लागेका चश्माहरु मूल्य र सुविधाको हिसाबमा पनि अनुपम छन्। गुगलको गुगल ग्लास (Google Glass) पछि ग्लास अप (Glass Up) र रेकोन जेट (Recon Jet) बजारका लागि तयार हुँदैछन्। जसले उपभोक्ता र प्रयोगकर्तालाई आँखै अगाडि प्रविधिको अनुपम अनुभव गराउने छन्।

01 Recon Jet smart glass hi tech glass glass alternative for google glassरिकोन जेट विशेष गरेर खेलाडीका लागि भनेर तयार पारिएको चश्मा हो। जसमा प्रयोग भएको स्मार्ट प्रविधिले यसलाई अहिले सम्मका चश्माहरु भन्दा पृथक बनाएको छ।02 Recon Jet smart glass hi tech glass glass alternative for google glass
रेकोन जेट खेलाडीका लागि आवश्यक पर्ने सम्बन्धित जानकारी आँखा अगाडि नै उपलब्ध गराउने गरि डिजाइन गरिएको छ।
03 Recon Jet smart glass hi tech glass glass alternative for google glass
यो चश्मामा माइक्रोकम्प्यूटर र रंगिन डिस्प्ले रहेको छ। जुन खेलकूदका क्रममा लगाउन उपयुक्त हुनेगरि डिजाइन गरिएको छ।
04 Recon Jet smart glass hi tech glass glass alternative for google glass
यसमा सेन्सर साथै जीपीएस, एचडी भिडियो क्यामेरा, माइक्रोफोन र स्पीकरहरु रहेका छन्।
05 Recon Jet smart glass hi tech glass glass alternative for google glass
यसको पाइलट संस्करण्का रुपमा आउने पहिलो चरणका चश्माहरुमा साइकलिस्ट, धावक र एथलेट्सका लागि आवश्यक पर्ने एपहरुका साथ आउनेछ।
06 Recon Jet smart glass hi tech glass glass alternative for google glass
रेकोन जेटले लगाउनेको सबै गतिविधिको निगरानी गर्छ। यसले लगाउनेका बारेमा जम्मा पारेको सबै जानकारी तथा डाटा कम्प्यूटर तथा मोबाइलका लागि विभिन्न फाइल फरम्याटमा र्सार्न सकिन्छ।
07 Recon Jet smart glass hi tech glass glass alternative for google glass
यो चश्मामा ७२०पी एचडी भिडियो क्यामेरा जडान भएको छ। यसको डिस्प्लेलाई विभिन्न एपका लागि फरक फरक रुपमा कन्फिगर गर्न सकिन्छ।
08 Recon Jet smart glass hi tech glass glass alternative for google glass
यो चश्मालाई एण्ड्रोइड स्मार्टफोन तथा आइफोनका माध्यमबाट इन्टरनेटमा जोड्न सकिन्छ। साथै यो चश्मामा वाइफाइ सुविधा पनि रहेको छ।
09 Recon Jet smart glass hi tech glass glass alternative for google glassयो चश्माको मूल्य ५९९ डलर राखिएको छ। यतिखेरको नेपाली मुद्रासँगको पारिवर्त दर अनुसार यो चश्मा नेपालीमा ५७ हजार हाराहारीमा उपलब्ध हुन्छ। चश्मा सेतो र कालो गरेर दुर्इ रंगमा उपलब्ध हुनेछ।

Post a Comment

 
Top