बढाउँ स्मार्टफोनको पावर
एण्ड्रोइडको विकाससँगै स्मार्टफोन लिनेको संख्यामा निरन्त वृद्धि भइरहेको छ। जसले गर्दा यसको मूल्य पनि घटिरहेको छ र नयाँ सुविधा पनि थपिइरहेको छ। जसले गर्दा फोन चलाउने समय समेत बढिरहेको छ। गेम खेल्न तथा लामो समय समाजिक सञ्जाल लगायत इन्टरनेट गतिविधिमा मोबाइल फोनको प्रयोग धेरै हुन थालेको छ। जसले गर्दा ब्याट्री धेरै समयका लागि नटिक्ने हुन थालेको छ। जत्ति नै धेरै एमएएचको ब्याट्री भएपनि इन्टरनेट चलाउँदा र फोटो भिडियो खिच्दा सकिइहाल्ने समस्याले हैरान हुनेहरुका लागि उपयुक्त ब्याट्री जोगाउने एप छ।जुन हो स्न्यापड्रागन ब्याट्री गुरू। जसले थोरै समयको चार्ज र थोरै पावरमा पनि राम्रो र लामो समयसम्म मोबाइल चलाउन सकिने बनाउँछ। स्न्यापड्रागन प्रोसेसर भएका स्मार्टफोनका लागि तयार पारिएको यो एपले स्न्यापड्रागन प्रोसेसरले कसरी काम गर्छ र कति उर्जा खपत गर्छ त्यसको स्वचालित रुपमा नै जानकारी राख्छ र कम उर्जाबाट नै काम गर्ने बनाउँछ। यसले ब्याट्रीलाई कम चार्जमा नै लामो समय सम्म काम गर्न सक्ने बनाउने भएकाले यसलाई ब्याट्रीको क्षमता बढाउने एपका रुपमा पनि लिन सकिन्छ। यसले मोबाइल फोनको काम गर्ने शैली, गतिमा कुनै परिवर्तन नल्याइकन ब्याट्रीको क्षमतालाई बढाउँछ र कम चार्ज भएको अवस्थामा पनि लामो समय चलाउन सकिन्छ।
Post a Comment