माइकल ज्याक्सनको चाक
चर्चित पपगायक माइकल ज्याक्सनको मृत्युपछि पनि उनीसम्बन्धी अनेक घटना सार्वजनिक भइरहेका छन्। लागुऔषधको ओभरडोजले उनको मृत्यु भएको कुरा पुष्टि भइसकेको छ। बेलायती समाचार संस्था डेली मेलमा छापिएको खबरअनुसार उनी इन्जेक्सनमार्फत ड्रग्स लिन्थे। विशेष गरी चाकमा इन्जेक्सन हान्न लगाउँथे। इन्जेक्सन हान्दा हान्दा उनको चाक ढुंगाजस्तो भइसकेको थियो। कतिपटक त इन्जेक्सनका सुइ नै भाँचिएको उनका निजी डाक्टरले बताएका छन्। चाकमा इन्जेक्सन प्रयोग गर्दा सुइ भाँचिने र बांगिने घटना सामान्य भएको उनका निजी डाक्टर स्टुअर्ड फिन्कलेस्टिनले बताए।
Post a Comment