शल्यक्रियाको यो तथ्यांक
प्रत्येक वर्ष ७० लाख मान्छे महागो र गुणस्तरीय उपचारका लागि विदेशको यात्रा गर्छन्। यो यस्तो उद्योगको रूपमा विकसित भइरहेको छ, जसको वार्षिक कारोबार ४० अर्ब डलरभन्दा बढी हुन्छ। अन्तर्राष्ट्रिय मेडिकल ट्राभल गाइड बुकमा यी तथ्यांकहरू सार्वजनिक गरिएको छ। प्यासेन्ट वियोन्ड बोडर्सले यो गाइड बुक सार्वजनिक गरेको हो। बुकमा दस प्रसिद्ध उपचार केन्द्र पनि तोकिएको छ। यौन परिवर्तनका लागि थाइल्यान्ड पहिलो गन्तव्य हो। यौन परिवर्तन गर्न अमेरिकामा भन्दा थाइल्यान्डमा ७० प्रतिशत सस्तो पर्छ। गत वर्ष १२ लाख मानिस उपचारका लागि बैंकक आएका थिए। दोस्रो स्थानमा मेक्सिको छ। यहाँ १० लाख विदेशीले उपचार लिएर फर्किए। थाइल्यान्डमा विशेष गरी दाँतको उपचार र तौल घटाउने शल्यक्रिया हुन्छ। अमेरिकामा रोगका विशेषज्ञ छन्, यो तेस्रो गन्तव्य हो। अमेरिकामा आठ लाख विदेशी रोगीले उपचार गरेका थिए।
Post a Comment