कस्का हातखुट्टा भाँचेर कस्लार्इ मनोरञ्जन हुने ? पूर्ण बन्धन, कोपनहेगन
सुन्दर सुदूर पश्चिम भौगोलिक रुपमा मात्रै सुन्दर छैन । त्यहाँका मौलिक सँस्कृति, चाडपर्व, रहन शहन र मनोरञ्जनका तरिकाहरु पनि भिन्दै र पृथक खालका छन् ।
त्यहाँका पहाड तथा तराईंमा समयसयममा केहि गाउँलेहरु मिलेर राँगा, बोका, गोरु र भाले जुझाउने, लडाउने अनि रमिता हेर्ने चलनहरु पनि पृथकशैलीका परम्परागत मनोरञ्जनका शैलीहरु हुन् । त्यसरी लडाईने राँगा, बोका, गोरु र भाले जुझाउने तयारी केहि महिना पहिले देखि नै गरिएको हुन्छ । कति पय ठाउँमा त्यस्ता कार्यक्रमको सूचना प्रवाह गर्न सजिलो हुने हेतुले चैते दशैं, बडा दशैं, वैशाख पूर्णिमा, फागू पूर्णिमाका दिन एउटा निश्चित ठाउँमा गरिने चलन पनि हुन्छ ।
त्यसैले गाउँलेहरु आफ्ना जनावरहरुलाई विशेष अभिरुचीका साथ माया गरेर, असल पौष्टिक खाध्यहरु स्वाउँदै, “यसपालीको ….. जात्रामा ….. लडाउँदा यो …….पनि लड्छ” भन्दै स्याहारसुसार गरिरहेका हुन्छन् । जित्नेको जनावरले र जनावरका मालिकले पुरुष्कार पाउने नपाउने विभिन्न चलन हुन्छन् । त्यो भन्दा पनि कुन गाउँको जनावरले जित्यो, पुरै गाउँलेको सान बढेको ठानिन्छ ।
ठीक त्यस्तै शैलीको यतिबेलाका क्यास र ड्यास माओवादीहरुका हातखुट्टा, भँचाई, कुचो लगाईं र लखेटियाईं पनि अब देखि नेपाली मनोरञ्जनका शैली बन्न लागेका त होईनन् कतै? अनि जितेमा कुन चाहीं गाउँका गाउँलेको शान बढ्ने होला? जस्का हातखुट्टा भाँचिए तापनि अन्ततः कुनचाहीं नेपालीको मनमा खुसी होला र? के भन्दैछन् कमरेडहरु अनि किन फैलाउँदैछन् पित्त पत्रकारहरु यस्ता सन्देश घरीघरी प्रमुख समाचारका लिडमा ?
अनि अनलाईन समाचारका पुछारमा परेका समाचारहरुः ३ करोडको गाडी र एकलाख पर्ने मदिराका खरिद विक्री रोक्नु पर्ने समाचारहरु किन ओझेलमा? हातखुट्टा नै भाँच्ने समाचार बढि महत्वपूर्ण थियो भने, त्यस्ता विलाशी वस्तुको खरिद नगर्न नगराउन भन्दाभन्दै अटेर गर्नेहरुका हातखुट्टा भाँच्ने भने त कमसे कम एउटा निश्चित वर्गका धनाढ्य वाहेक सर्वसाधारण सबैलाई त खुसी मिल्ने थियो कि?
हैन यो समाचारको महत्वका हिसावले हामीले पढेको पत्रकारिता अनुसार सर्वसाधारणलाई खुसी दिने कुरा पहिलो प्राथमिकतामा पर्नु पर्ने होईन र ? कि पित्त पत्रकारिताले जस्तो कसैलाई खुसी नदिए पनि सनसनी फैलाउने खालका समाचार? कतै हामीले पढेको नैतिक पत्रकारिता पो वाहियात थियो कि?
Post a Comment