हिरो कलम
बाबाले सदरमुकाम खलंगाबाट हिरो पेन ल्याइदिनु भयो । मेरा साथीहरु भने स्टारलाइन डटपेनले लेख्थे । कोही फाउन्टेन पेनले लेख्थे । स्कुलमा हिरो पेन भएको अब म मात्रै भएँ । स्कुलमा गए पछि कसैसँग बोलिन । गोपाललाई बोलाएर मोजाको भकुन्डो पनि खेलिन । हर्के स्कुल पछाडीको ओखरको रुखमा झटारो हान्दै थियो । नदेखे झैं गरें अनि सिधै कक्षा कोठामा छिरें । अनि साझा अभ्यास पुस्तिकामा पाठ सार्न थालें । पालेदाईले घन्टी बजायो, टिन टिन । सबै लाइनमा लागें । म लाइनमा पनि बसिन ।
नेपाली पढाउने मानबहादुर सर आउनु भयो । मलाइ देखेर ट्वा पर्नु भएछ र भन्नुभयो ? – “अरे, तँ त बडो मज्जाले पो पढ्न लारैछस् । क्या अच्चम्म देख्नुप¥यो ? आज ओखर झार्ने काम भएनछ त ।”
म केही बोलिन । सबै साथीहरुले मै तिर हेरिरहेका थिए । मैले कलम देखाउदै भने,–“सर, बाबाले किन्देको हिरो पेन ।”
“लौं हामीले त नौं दशमा पढ्ने बेला समेत देख्न पाएका थिएनौं, हिरो पेन । यल्लाइ त आजकलै हिरो पेन ?” सरले आह्रिस गरैं झैं गर्नुभयो ।
बुढी औंला र चोर औंलाले कलम घुमाउदै भनें, –“सर ह्याँ स्कुलका विद्यार्थी मध्ये हिरो पेन भएको म मात्रै हो ।”
मेरो नाक फुलियो । मैले साथीहरु सबैको अनुहारमा हेरें । उनीहरु आफ्नो हिरो पेन नभएकोमा म देखि कमजोर महसुस गरिरहेका छन् । म मनमनै फेरि हाँसें ।
“त्यै त यो स्कुलमा अरु कसै सँग पनि छैन हिरो कलम।”, मानबहादुर सरले मेरो नेपाली किताब पल्टाउदै भन्नुभयो, – “तर के गर्नु? कलम मात्रै हिरो हो, तेरो त पढाइ नै जिरो छ । कलमले मात्रै के हुन्छ र ? तीन कक्षामा दुइ पल्ट फेल भइसकिस् ।”

सरको त्यो भनाइले मलाइ साह्रै नरमाइलो लाग्यो । लाज र अपमानले मेरो शरिर काँप्न थाल्यो । हिरो पेन नभएर कमजोर जस्ता लाग्ने साथीहरु अहिले गलल्ल हाँसेर मलाइ खुच्चिङ्ग भनिरहेका छन् । मलाई बेइज्जत भएको महसुस भयो । मन दरो पारें । मनमनै प्रतिबद्धता गरे,– “अब म यिनिहरु सबलाइ पढाइमा पनि जित्छु र फस्ट हुन्छु ।”
हर्केले मेरो कन्सिरीको रौं तान्दै करायो, –“ओइ, के सोचेर बसेको ? सर जानुभयो । जाउँ हिड्, ओखर झार्न ।”
मैले झसंङ्ग हुदै भने, –“जान्न यार, तै जा । म त अब देखि पढ्छु ।”
फालेर आधा उम्रने लागेको दाँत देखाउदै ऊ फिस्स हाँस्यो । र फेरि उदास हुदै भन्यो, –“म सँग त हिरो पेन छैन यार । बाले पनि किन्दैनन् होला ।”
मैले सान्त्वना दिने कोशिस गरें र भनें, –“हुन्दे यार पिर नमान्, तेरो बालाई म भनुँला नि ।”
”बाले रक्सी खाएर मलाइ सँधै कुट्छ तँलाई थाहा छदैछ । तेरो पनि एक दिन तुरी निमोठेको विर्सिस् ।” हर्केले मलाइ सम्झायो ।
मेरो शरिरमा काँडा उम्रिए । आङ सिरिगं भयो ।
Post a Comment