-
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले पदको दुरूपयोग गर्दै स्रोत नखुलेको सम्पत्ति थुपारेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको छ । अर्कोतर्फ, सशस्त्र प्रहरी बलकै इतिहासमा वन्तले संगठनभित्र व्यक्तिगत क्षमताभन्दा पनि विभेदको चर्को राजनीति गर्न थालेका छन् । जसका कारण क्षमतावान र राम्रा प्रहरी अधिकृतहरू अहिले उनको विभेदी निशानाको शिकार बनेका छन् । पुख्र्योली सम्पत्ति पर्याप्त नभएको, जागिरबाहेक पहिले अन्य कुनै व्यवसायमा समेत लगानी नभएको र राष्ट्रसंघको शान्ति स्थापनार्थ कुनै मिसनमा एकपटक पनि सहभागी नभएको प्रहरी अधिकृतको २४ वर्षको सेवाअवधिमा कमाएको रकम कति होला ? २ करोड, ३ करोड वा बढीमा १० करोड यो सहजै अनुमान लगाउन सकिने विषय हो ।
तर, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तसंग १० करोड मात्र नभई करोडौ–करोड सम्पत्ति छ । आखिर कहाँबाट आयो यति सम्पत्ति ? उनीसँग यसको चित्तबुझ्दो जवाफ छैन् । जसका कारण महानिरीक्षक वन्तमाथि पदको दुरूपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अघि बढाएको छ । सशस्त्र प्रहरीका आईजीपी वन्तमाथि पदको दुरूपयोग गर्दै अकुत सम्पत्ति कमाएको उजुरी अख्तियारमा परेपछि उनीमाथि अख्तियारले छानविन प्रक्रिया समेत अगाडि बढाएको छ ।
अख्तियारमा प्रमुख आयुक्तको रूपमा पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीको नियुक्तिसँगै वन्तसहित करिव २ सय जनाभन्दा बढी प्रहरी, नेता र निजामती प्रशासनका उच्च अधिकारीको सम्पत्तिमाथि छानविन भइरहेको छ । अख्तियार स्रोतकाअनुसार वन्तले आयभन्दा अधिक सम्पत्ति जम्मा गरेको भन्दै प्रमाणसहित एक दर्जन मुद्दा परेपछि उनको सम्पत्तिमाथि अख्तियारको आँखा परेको हो । महानिरीक्षक वन्तले आफुले कमाएको अधिकांश सम्पत्ति श्रीमती र आफन्तको नाममा राखेको स्रोतको भनाई छ ।

अख्तियारले छानविन सुरु गरेकै बेला वन्तले पैसा विदेश पठाउन सक्ने भन्दै उनको र पत्नी रमा राजभण्डारी वन्तको बैंक खाता समेत रोक्का गरेको छ । बैंक खाता नै रोक्का भएर सम्पत्ति छानविन प्रक्रिया अघि बढेपछि वन्त अहिले संकटमा परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाले महानिरीक्षक वन्तलगायत अन्य कर्मचारीको छानविन प्रक्रिया जारी रहेको बताए । ‘अख्तियारमा उजुरी परेपछि छानविन थालेका हौ, अझै छानविनमा केही समय लाग्न सक्छ ।’ प्रवक्ता सापकोटाले न्युरोड पोष्टसँग भने ।
यसअघि पनि वन्तविरुद्ध अख्तियारमा मुद्दा परेपनि अख्तियारका कर्मचारीलाई प्रभावमा पारेर उनले मुद्दालाई तामेलीमा राखेर उम्केका थिए । वन्त निकट स्रोतकाअनुसार उनले आफ्नो सम्पत्ति अष्ट्रेलियामा रहेका दाजु–भाउजुको नाममा समेत राखेका छन् । अख्तियारले उनका दाजु, भाउजु र अन्य नातेदारको सम्पत्तिको समेत छानविन गरिरहेको स्रोतको दावी छ ।
वन्त सशस्त्र प्रहरीमा आएदेखि नै एआईजी हुँदासम्म मद्दती तथा सेवा निर्देशनालयका प्रमुखका रूपमा कार्यरत थिए । सशस्त्र प्रहरीमा निर्माण र मर्मतसम्बन्धी काम यसै निर्देशनालयले हेर्ने गर्दछ । निर्माणसम्वन्धी काम उक्त निर्देशनालयले नै हेर्ने हुदा यसमा पैसाको ठुलो चलखेल हुनेगर्छ ।
वन्तले इमाडोलमा रहेको किष्ट मेडिकल कलेज, मोदि हाईड्रोपावर र अन्य विभिन्न क्षेत्रमा करोडौं लगानी गरेका छन् । मिसनमा नै नगएका र पुख्र्यौली सम्पत्ति समेत प्रयाप्त नभएका उनले यति ठुलो मात्रामा सम्पत्ति कहाँबाट जम्मा गरे त्यो भने खोजीको विषय हो ।
वन्तमाथि छानविन सुरु भएपछि सरकारले उनको विकल्प खोज्न थालेको चर्चा पनि छ । मुलुक संक्रमणबाट गुज्रिरहेको बेलामा फौजको नेतृत्वमाथि भ्रष्ट्राचारको आरोप लाग्दा र उनलाई नै पदमा वहाल गर्दा सुरक्षा फौजको मनोवल खस्कने भन्दै वन्तको ठाउँमा नयाँ महानिरीक्षक बनाउने खेल पनि सुरु भएको स्रोतको भनाई छ । तर, वन्तले सवै कुरा मिलिसकेको भन्दै आफ्ना निकटस्थहरूसंग आपूmलाई केही नहुने भन्दै ढुक्क भएर काम गर्न निर्देशन दिइसकेका छन् । आसन्न संविधानसभाको निर्वाचनमा सशस्त्र प्रहरीको महत्वपूर्ण भुमिका हुने भएकाले पनि संगठनको नेतृत्वको मुद्दा छिटो टुंगो लगाउन या त सशस्त्रमा नयाँ नेतृत्व प्रदान गर्न भन्दै सशस्त्रकै उच्च अधिकारी नै लविङमा लागेका छन् । स्रोतकाअनुसार एआईजी ठाकुरमोहन श्रेष्ठ वन्तलाई भ्रष्ट्राचारको आरोप लागेकाले उनलाई हटाएर आफुलाई आईजीपी बनाउनुपर्ने भन्दै अहिले नेताहरूको घरदैलोमा धाइरहेका छन् । उनले यसै साता मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई समेत भेटिसकेका छन् । यता वन्तमाथि अख्तियारमा उजुरी पर्ने वित्तिकै सशस्त्रका एआईजीहरू सुशील श्रेष्ठ, रिसवदेव भट्टराई र जीवन थापा पनि चिफ बन्न चर्को दौडधुपमा लागेका छन् । वन्तपछि चिफ बन्ने लाइनमा रहेका एआईजी दुर्जकुमार राई भने वन्तलाई हटाएर आफु चिफ नबन्ने भन्दै मध्यमार्गी भूमिकामा देखिएका छन् । राईले आफ्ना निकटस्थहरूसँग वन्तलाई परेको समस्या सबैलाई पर्ने र त्यसले कालान्तरमा संगठनलाई कमजोर बनाउने भन्दै आफु चिफ बन्ने दौडमा नलाग्ने बताउँदै आएका छन् । वन्तले आफुलाई हटाउन भित्र र बाहिरबाट खेल सुरु भएको थाहा पाए लगत्तै उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । वन्तले यसैबिचमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाललगायतका नेताहरूलाई भेटी आफुलाई जोगाउन आग्रह गरिसकेका छन् ।
को हुन वन्त ?
नेपाल प्रहरीमा प्राविधिकका रूपमा २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका कोषराज वन्त हाल करिव ३७ हजार दरबन्दी रहेको सशस्त्र प्रहरीको महानिरीक्षक छन् । जतीव्रेला उनी सशस्त्रको महानिरीक्षक भए उनको सुरक्षा निकायमा काम गरेको अनुभव थियो २४ वर्ष । नेपाली सेनामा भए यो सेवाअवधीले उनी अहिले मुस्किलले प्रमुख सेनानी हुने थिए भने नेपाल प्रहरीमा भए बढीमा बरिष्ट प्रहरी उपरीक्षक । तर, अचम्म त के भयो भने कुनै गण, बाहिनी र गुल्मको कमाण्ड नसम्हालेका प्राविधिक वन्त एकैचोटी सशस्त्र प्रहरी महानिरीक्षकको कुर्चिमा विराजमान भए । उनलाई महानिरीक्षकमा नियुक्त गर्नुहँुदैन भनेर संगठन भित्र र बाहिरबाट चर्को विरोध भएपनि गोरखाका आफ्नै जिल्लाबासी प्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको दरिलो साथ पाएपछि उनी सजिलै सशस्त्रको महानिरीक्षक बने ।
वन्तका बुबा जोगेन्द्रराज वन्त पनि नेपाल प्रहरीमा नै कार्यरत रहेका थिए । नेपाल प्रहरीमा असई रहेका उनको बर्दियामा कार्यरत हँुदा १० हजार घुस खाएको आरोपमा जागिर समेत गएको थियो ।
नेपाल प्रहरीमा हँुदा प्राविधिक निर्देशनालयमा काम गरेका वन्तसँग प्राविधिक आधारभूत तालिम बाहेक अन्य तालिम थिएन् । तर, जव उनी प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरीमा एसएसपी भएर आए त्यसपछि भने उनले आधारभुत तालिम भने गरेका छन् । सशस्त्र प्रहरीमा प्रवेशसँगै वन्त सुरुदेखी नै सशस्त्रमा रहेको मद्दती तथा सेवा निर्देशनालयका प्रमुख थिए भने उनी डिआईजी हँुदा पनि सोही विभागकै प्रमुख भएर काम गरे ।
हालसम्म कुनै युनिट र बाहिनीको कमाण्ड नगरेका वन्त एकाएक डिआईजीबाट पनि बढुवा हुँदै एआईजी पनि भए । उनले एआईजी भईसकेपछि भने सिमा सुरक्षा विभाग, कार्य विभाग र प्रशासन विभागको प्रमुख भएर काम गरे । तर, प्राविधिकलाई संगठनको प्रमुख बनाएपछि भने सशस्त्रमा चर्को विरोध भयो र अहिले पनि संगठन गुट–उपगुटमा विभाजित रहेको छ । सशस्त्रमा उनी चिफ भएपछि भर्ना छनौटमा अनियमितता हुनुका साथै सरुवा र बढुवामा पनि थुप्रै मापदण्ड मिचिएको छ । शसस्त्र स्रोतकाअनुसार वन्तले आर्थिक वर्ष सकिनै लाग्दा आफू निकटका गण र गुल्ममा बजेट पठाउँदै केही प्रतिशत हेडक्वार्टरमा पठाउन समेत निर्देशन दिएको स्रोतको दावी छ । सशस्त्र प्रहरीमा बजेट सिट एउटा मात्र भएकाले नै चिफलाई तजविजी अधिकार बढी हुने गर्छ जसका कारण उनले आफुले चाहेका व्यक्तिलाई सिधै रकम पठाउन सक्छन् । एउटै बजेट सिट, एउटै लेखापालले दुई वटा खाता संचालन गर्दा र चिफलाई तजविजीको अधिकार धेरै भएकाले सशस्त्रमा आर्थिक अनियमितता पनि बढि हुने गरेको छ ।

बिभेदपूर्ण व्यवहार
संगठनको महानिरीक्षकले जब फौजी संगठनको नेतृत्वमा रहेर पनि गुट–उपुगटको नेतृत्व गर्छ, त्यसपछि संगठनको हालत के होला सहजै अनुमान लगाउन सकिने विषय हो यो । सशस्त्र प्रहरीमा अहिले त्यस्तै भइरहेको छ । ब
प्राविधिक पृष्ठभूमीका महानिरीक्षक वन्तले उनीसँगैका प्रतिस्पर्धी एआईजी ठाकुरमोहन श्रेष्ठ र पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतका नजिक रहेर काम गरेका अधिकृतहरूलाई बिना कारण दुःख दिने गरेको गुनासो सशस्त्र प्रहरीमा छ । वन्तको आफ्नो निजी सचिवालयमा पनि प्रवक्ता डिआईजी नारायणबावु थापाबाहेक अरू सबै आफन्त र प्राविधिकलाई मात्र उनले सहयोगीका रूपमा राखेका छन् भने संगठनमा महत्वपूर्ण जिम्मेवारी समेत प्राविधिक अधिकृतहरूलाई दिएका छन् ।
सशस्त्र स्रोतकाअनुसार वन्तले कुनै पनि महत्वपूर्ण निर्णय लिदा अहिले यही कोटरीसँग मात्र सल्लाह लिने गर्दछन् । महानिरीक्षक वन्तको दादागिरी यतिसम्म छ कि उनले क्षेत्रीयतामा चुर्लम्मै डुबेर क्षेत्रका आधारमा काखा र पाखा व्यवहार गर्ने गरेका छन् । क्षेत्रीयताका आधारमा पक्षपात गर्दै उनले हेडक्वार्टरमा मध्य र सुदूरपश्चिमकालाई नराख्न मातहतका निकायलाई उर्दी नै जारी गरेका छन् । उनले सुदूरपश्चिम र मध्यपश्चिका अधिकृतहरूलाई ठाकुरमोहनको मान्छे भन्दै हेडक्वाटरबाट सरुवा गर्नुकासाथै महत्वपूर्ण जिम्मेवारीको अवसरबाट समेत वञ्चित गर्न थालेका हुन् ।
‘ठाकुरमोहनलाई हामीले चिनेका त छैनौ, त्यसै चिफ सापले ठाकुरमोहनको बात लगाउनुहुन्छ,’ हालसालै हेडक्वार्टरबाट मध्यपश्चिम सरुवा भएका एक डिएसपीले भने । वन्तले केही समयअघि मात्र बजेट शाखामा कार्यरत डिएसपी पूर्ण साउदलाई महेश्वरी बाहिनी सुर्खेत पठाएका छन् भने हेडक्वार्टरको सवारी शाखामा कार्यरत डिएसपी दीपेन्द्र शाहलाई पनि चिफ हुने बित्तिकै हेडक्वार्टरबाट हटाएका थिए । त्यसैगरी संचारमा कार्यरत डिएसपी वीरसिंह साहु र कार्यविभागमा रहेका चेतसिंह थापालाई पनि उनले सिमा सुरक्षा कार्यालय दाङ र सिसुका बर्दिया पठाएका थिए । उनले हटाएका सबै अधिकृत सुदुरपश्चिम क्षेत्रका हुन् ।
आईजीपी वन्तले सुदूर पश्चिमकै जनक बोहोरा, मदन विष्टलगायतका एसपीलाई पनि कमाण्ड नदिएर राखेका छन् । सशस्त्रका एक डिआईजीले भने ‘सुरक्षा निकायमा रहेर यसरी क्षेत्रगत र गुटगत व्यहारगर्नु हुन्थेन, यसखालका प्रवृत्तिले कालान्तरमा सुरक्षा निकायमा नकरात्मक असर पर्न सक्छ ।’तर,शसस्त्र प्रहरीका प्रवक्ता डिआईजी नारायणबावु थापाले क्षेत्रगत आधारमा शसस्त्र प्रहरीमा कसैलाई भेदभाव नभएको बताए ।
महानिरीक्षक वन्तले राजस्व छलीको आरोपमा पक्राउ परेर अदालतलबाट सफाई पाएका डिएसपी हर्कराज पन्तलाई पनि अहिले सशस्त्रको मुख्यालय नजिकै रहेको कार्यदल गणमा नजरबन्दमा राखेका छन् । हालका एआईजी ठाकुरमोहन श्रेष्ठ सुदुरपश्चिमको बाहिनीपति हँुदा पन्त कञ्चनपुरको सिमा सुरक्षा कार्यालय महेन्द्रनगरमा वेसपतीका रूपमा कार्यरत थिए । वन्तले श्रेष्ठको मान्छे भन्दै अहिले उनलाई कार्वाही गर्न पुरै शक्ति लगाएका छन् ।
अदालतले सफाइ र गृहमन्त्रालयले उनको निलम्वन फुकुवा गर्दा पनि वन्तले विभागीय कार्वाही भन्दै एक तह घटुवाको कार्वाहीसहितको पत्र गृह मन्त्रालय पठाएका छन् । गृहमन्त्रालयका एक उच्च अधिकारीले भने ‘वन्तले किन यतिधेरै प्रतिशोध साँधेका हुन थाहा छैन्, तर, उनी डिएसपी पन्तलाई जसरी पनि कार्वाही गर्छु भन्दै हिडेका छन् ।’ प्रवक्ता थापाले पन्तलाई कार्यदलमा सरुवा गरेको भएपनि नजरबन्दमा राखेको बारे आपूmलाई जानकारी नभएको बताए ।

Post a Comment