- सशस्त्र प्रहरी वलका एआईजी सुशिलकुमार श्रेष्ठले मूलधार न्युज डट कमका सम्पादक रवि धामीलाई ज्यान मार्ने धम्कि दिएका छन । सशस्त्र प्रहरीको उपत्यका हेर्ने महानगरीय प्रमुख समेत रहेका श्रेष्ठले आईतबार राती टेलिफोन गरि मूलधार न्युज डट कममा प्रकाशित समाचारलाई लिएर ज्यान मार्ने धम्कि दिएका हुन । उनले आईतबार राती करिव ११ बजे ९८५१०३५२२२ नम्बरको मोवाईल नम्बरबाट सम्पादक धामीको ९८५१११८९७९ नम्बरको मोवाईलमा टेलिफोनगरि आफु विरुद समाचार सम्प्रेषण गर्ने पत्रकारलाई ज्यान लिने धम्कि दिएको सम्पादक धामीले जानकारी दिए । ज्यान मार्ने धम्कि दिएको बारे एआईजी श्रेष्ठले दिएको करिव ११ मिनेटको अडियो रेकर्डिगं मूलधार न्यूजले सुरक्षित राखेको छ । सो अडियो टेलिफोन वार्ताकालागीको निष्पक्ष छानबिन तथा धम्कि दिने एआइृजी श्रैष्ठमाथीको कार्वाहीकालागी मूलधार न्युजले सोमबार नेपाल पत्रकार महासंघ , मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधवप्रसाद घिमिरे, गृहसचिव नविन घिमिरे, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त तथा नेपाल प्रहरीका महानिरीक्षक कुवेरसिह रानालाई बुजmाउने भएको छ । सशस्त्रका एआईजी श्रेष्ठले मूलधार न्यूज डट कम र मुलधार साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर प्रधान सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघका पुर्व कोषाध्यक्ष रमेश विष्ट र सम्पादक रवि धामीलाई ज्यान मार्ने धम्कि दिएका हुन । उनले केहि समयअघि पत्रकार दामोदर दवाडिकै अघि राजधानीको नारायणीहिटी दरबारको उत्तरढोकामा रहेको टुकुचा थकाली भन्साघरमा समेत ज्यान लिने धम्कि दिएका थिए । मूलधार न्यूजले केहि समयअघि उनि दिल्ली जाने भन्दै बैंकक भएर चिन गएको तथा चिन पुगेर नेपालका गोप्य सुचनाहरु बुजmाएको बारे समाचार प्रकाशित गरेको थियो । टmेफोनमा एआईजी श्रेष्ठले आफ्ना बारे समाचार सम्प्रेषण गर्ने रवि धामी र रमेश विष्टलाई सखाप पार्ने बताएका हुन । मूलधार न्युज परिवार सत्य समाचार सम्प्रेषण गर्न कुनै हालतमा नडराउने र त्यसकालागी जिवन नै सुम्पिनु परे पछि नहट्ने प्रतिवद्ता आम पाठकलाई विश्वास दिलाउन चाहान्छ । पाठकलाई सहि सुचना उपलब्ध गराउने धर्मको मूलधार न्युज राज्यको जुनसुकै निकायको व्यक्तिको धम्किको आडमा डगमगाउदैन निष्पक्ष छानबिन पाठक माजm छोड्द छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment