0

     पपुलर वनाउन 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो स्वार्थको लागि जे भन्न र गर्न पनि पछि पर्देनन् । यस्तै प्रवृत्ति उनले वुधवार पोखरामा दोहो-याए गिरिजाप्रसाद कोईरालालाई राष्ट्रपति वनाउन नसक्नु आफ्नो गल्ती भएको भनेर भने । कहिले तत्कालिन राजा वीरेन्द्रसँग कार्यगत एकता भएको भनेर भन्ने दाहालले कोईरालाको पक्षमा धारणा राख्नु प्रोपोगाण्डा मात्र हो । कोईराला जीवित भईञ्जेल उनले मातृका यादवलाई उचालेर तेजोवोध गरेका थिए । त्यसैगरी कथित विद्धानको पगरी गुथेका बाबुराम भट्टराईले सार्वजनिक रुपमा नै कोईरालाको विषयमा कडा र आपत्तिजनक अभिव्यक्ति दिएका थिए । त्यस समयमा यी दुवैले नेता भन्दा तल्लो स्तरको छवि देखाएका थिए ।
अहिले मृत्युपर्यन्त सहानुभूतिको शब्द खर्चेर उनले केही वुद्धिजीविहरुको माझमा आफूलाई पपुलर वनाउन खोजेको स्पष्ट भएको छ ।
गिरिजाप्रसाद कोईरालालाई सत्ता सुम्पन नचाहेको भनेर माओवादीका केहीलाई दाहालले उकासेर विरोध गर्न लगाएका थिए । कोइरालाले नै तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई पदमा थाम्नका लागि राष्ट्रपति रामवरण यादवलाई दवाव दिएका भनेर दाहालले नै एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए,प्रतिक्रियावादीहरुले गर्दा सेनापतिलाई मध्यरातमा थमौती गरिएको हो । अहिले उनी तीन महिना वाँकी हुँदा सेनापति हटाउनु गल्ती भएको भनेर भोटको राजनीति गर्न खोजेका छन् । खासमा विश्व ईतिहासमा जो जति क्रान्तिकारी भएपनि उसको क्षमता सत्तामा पुगेपछि मापन गर्ने गरिन्छ । प्रधानमन्त्री वनेका दाहालले आफू कुर्सीमा आसिन भएको वेलामा  देशको वृहत्तर हितका वारेमा न सोच्न सके न त आफ्नो रणनीति राज्य सञ्चालनमा यस्तो हुनेछ भनेर नै भन्न सके । अपरिपक्व राजनीतिज्ञको चरित्र वोकेका दाहाल अहिले दुई तिहाई मतको दिवास्वप्नका साथ चुनावी अभियानमा जुटेका छन् । दलभित्रको असन्तुष्ट पक्षलाई समेटेर अगाडि बढ्न नसकेर पार्टी नै फुटेर गएको अवस्थामा उनी अरु दलहरुको मत संकलनको दाउमा रहेका छन् । 
दाहालले राजनीतिक सहिष्णुता देखाएका भए, पहिलो संविधानसभावाट नै संविधान वन्ने वातावरण वन्ने थियो । तर अनेकन वखेडा निकालेर आफ्नो पार्टीलाई सत्ता आरोहणको लागि गोटी मात्र चालेका हुन् । उनको त्यही गोटीका कारण आफनै दलभित्र धोवीघाट गठवन्धन वनेको हो । त्यसको आधारमा उनले वाध्य भएर आफूलाई सच्याउन परेको हो ।   
अहिले पनि पहिलो चुनाव हुनै नदिने ,यदि चुनाव भएको खण्डमा पनि नारावाजी अगाडि सारेर जनताको अगाडि छारो छर्ने सोचमा दाहाल रहेका छन् । तर उनी र बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा देखा परेको चरम आर्थिक अनुशासनहीनता र राज्यको चरम दुरुपयोग गरेर जनताले तिरेको कर कथित मार्क्सवादी अध्ययन केन्द्र जस्तो संस्थालाई वितरण गरेर घोर अपचलन गरेका छन् । त्यसैले उनीहरुको चरित्र एक हदसम्म उदांगो भएको स्पष्ट छ ।

Post a Comment

 
Top