0

माकुराले बढाउछ मान्छेको उत्तेजना

विज्ञका अनुसार बदलि“दो जीवनशैली, तनावको बढ्दो पारो तथा भोजनको असन्तुलनका कारण विश्वमा मानिसको यौन Ôमतामा गिरावट आइरहेको छ । यौनसम्बन्धी अपेÔा बढ्नु तथा Ôमता घट्नुले मानिसमा झनै तनाव थप्दै छ । मानिसले आफ्नो यौन Ôमता बढाउन विभिन्न उपाय अपनाउने गरेका छन् । कतिपयले प्राकृतिक तवरले यौनशक्तिमा वृद्धि गर्ने काइदा खोज्छन् त कतिले चिकित्सा विज्ञानको सहारा लिन्छन् । तर, ब्राजिलमा एउटा यस्तो घटनाको खुलासा भएको छ, जहा“ निकै डरलाग्दो तथा अनौठो तरिकालाई यौन Ôमता बढाउने काममा प्रयोग गर्ने गरिएको छ । त्यहा“ कुनै जडीबुटी वा औÈधि खाएर होइन, एक माकुरालाई आफ्नो जिउमा टोकाएर यौन Ôमता बढाउने प्रचलन रहेको छ । निकै विÈालु रहेको भनिएको एक प्रजातिको माकुरालाई जिउमा टोकाएपछि त्यसको विÈले ठूलो प्रभाव पार्ने र त्यसपछि मानिसमा उत्पन्न हुने यौन उत्तेजना लामो समयसम्म रहिरहने विश्वास मानिसको रहेको छ ।
त्यसकारण वैज्ञानिक आखिर त्यो माकुराको विÈमा के त्यस्तो रसायन छ, जसकारण मानिसमा यौन उत्तेजना लामो समयसम्म रहिरहन्छ, यसैको अनुसन्धानमा जुटिरहेका छन् । यो अनुसन्धानमा सफलता मिलेमा यसले यौन जगत्मा क्रान्ति ल्याउने कतिपयको भनाइ छ । ब्राजिलियन वांडरिङ स्पाइडरको नामले चिनिने उक्त माकुराको विÈले मानिसलाई एकातर्फ लठ्याउ“छ भने अर्कोतर्फ यौन उत्तेजना पैदा गर्छ । अमेरिकाको साइकोलोजिकल सोसाइटीको वार्Èिक बैठकमा शोधकर्ताले यो माकुराको विÈका विÈयमा गरेको प्रारम्भिक अध्ययनको रिपोर्ट प्रस्तुत गरेका छन् । जर्जिया मेडिकल कलेजका शोधकर्ताले यो माकुराको विÈलाई मुसामा सुइमार्फत दिएर हेर्दा भाले मुसामा यौन उत्तेजना बढाएको पाइयो । उक्त विश्वमा करोडौ“ पुरुÈ यौन उत्तेजनाको समस्याबाट पीडित रहेको अवस्थामा यो माकुराको विÈलाई औÈधि बनाएर प्रयोग गर्न सकिएमा त्यसले ठूलो तहल्का मच्चाउन सक्ने अनुमान गरिएको छ ।

आइफोनले बताइदिन्छ, “ब्रा”को साइज

स्मार्टफोनको दुनिया“ निकै रोचक बन्दै गइरहेको छ । दिनहु“ सार्वजनिक हुने एप्लिकेसनले स्मार्टफोन प्रयोगकर्तालाई नया“–नया“ स्वाद तथा सुविधा प्रदान गर्दै आएका छन् । हालै दुई वैज्ञानिकले अर्को अचम्मको स्मार्टफोन एप सार्वजनिक गरेको छ । अमेरिकी अन्तरिÔ संस्था नासामा समेत काम गर्ने दुई वैज्ञानिकले मिलेर बनाएको उक्त स्मार्टफोन एप महिलाप्रति लÔित छ । यसको मद्दतले महिलाले आफूले लगाउने ‘ब्रा’को सही साइज पत्ता लगाउन सक्नेछन् । यो नया“ एपको नाम थर्ड–लभ हो । यसलाई महिलाका लागि सही साइजको ब्रा पत्ता लगाउनकै लागि तयार पारिएको बताइएको छ । एक अध्ययनले ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउने गरेको देखाएको छ । समाचारअनुसार यो प्रविधिले फोटोग्राफका माध्यमबाट काम गर्छ । जो महिलालाई आफ्नो सही ब्रा साइज पत्ता लगाउनु छ, उनीहरूले टाइट टिर्सटमा आफ्नो तस्बिर खिच्नुपर्छ । त्यसपछि त्यो तस्बिरलाई विश्लेÈण गरेर स्मार्टफोनको त्यो एप्लिकेसनले ब्राको सही साइज बताइदिनेछ । यो एपले टूडी तस्बिरबाट थ्रीडी तथ्य सिर्जना गर्छ र वÔस्थलको साइजको आधारमा ठीक हुने ब्राको साइज पत्ता लगाउ“छ । यो एप आइफोनका लागि बनाइएको हो । यो एप तयार पार्नका लागि सुरुमै ५६ लाख डलर खर्च गरिएको बताइएको छ । यो एपमा एक महिलाको आवाजसमेत रेकर्ड गरिएको छ, जसले ब्राको साइज घोÈणा गर्छिन् ।

भालुको गंगनम स्टाइल

दÔिण कोरियाली गायक साईको चर्चित गीत गंगनम स्टाइल त धेरैले सुनेको र त्यो भिडियो हेरेकै हो । गंगनम स्टाइल हिट भएपछि त्यसको नक्कल गर्ने धेरै मानिस भए । तर, हु“दाहु“दा मान्छेले मात्र होइन, भालुले पनि गंगनम स्टाइल चोरेको छ । एक युरोपियन खैरो भालुले गंगनम स्टाइलमा साईले गरेको ¥याप डान्सलाई टपक्कै टिपेको छ । भालुको त्यो गंगनम स्टाइललाई एकजना बेलायती फोटोग्राफर मार्क सिसनले उत्तरी फिनल्यान्डमा क्यामरामा कैद गर्न सफल भएका छन् । उत्तरी फिनल्यान्डको एक पार्कमा आफ्नी आमा र दुई जुम्ल्याहास“गै रहेको एक भालुको बच्चाले पछिल्ला खुट्टामा उभिएर अघिल्ला खुट्टा ठ्याक्कै गंगनम स्टाइलमा ढालेको छ । भालुका बच्चा धेरै खेल्ने चकचके तथा चञ्चल हुने भए पनि यसले देखाएको गंगनम स्टाइल भने अचम्मकै रहेको फोटोग्राफर बताउ“छन् । खासगरी, नजिकै कुनै शत्रु आइरहेको पो छ कि भनेर हेर्नलाई घा“सेमैदानमा भालुले यसरी उभिएर हेर्ने गर्छ । तर, शत्रुको खासै ज्ञान नै नभएको यो बच्चा भालु पछिल्लो चर्तिकलालाई भने साईकै सिको मानिएको छ ।

Post a Comment

 
Top