सफल अभिभावक कसरी बन्ने ?
![]() | ||||
| Dr. Nabal Pajiyar |
हाम्रो जीवन हामी आफै“ले गरेको डिजाइनअनुसार चल्छ । हामी हाम्रो जीवनमा त्यसबेलासम्म सफल र खुसी हुन सक्दैना“ै जबसम्म हाम्रो आफ्नो वातावरण ठीक हु“दैन । यो पत्रिकामार्फत दिइएको सल्लाहलाई जीवनमा अपनाउनुभयो भने सा“च्चै सफल र खुसी जीवन जिउन सक्नुहुनेछ । बच्चाका आमाबाबुलाई यो भन्न चाहन्छु कि तपार्इंका बच्चा वास्तवमा तपार्इंका लागि उपहार हुन् । तपार्इंका बच्चामा हरेक क्षमता छ । हरेक कुरा उसभित्र छ । बच्चाभित्र रहेका क्षमता बाहिर कसरी ल्याउने ? त्यसमा आमाबाबुले सधै“ सहयोग गर्नुपर्छ । मानौ“, तपार्इं कुनै साथीलाई बर्थडे गिºट दिन खोज्दै हुनुहुन्छ । त्यो गिºट दिनुअघि त्यसलाई ¥याप गर्न चाहनुहुन्छ । त्यसअघि पनि त्यो गिºट कति राम्रो छ भन्नेमा चार÷पा“चपटक सोच्नुहुन्छ । हामीलाई हाम्रा बच्चा भगवान्ले उपहार दिनुभएको छ, त्यो अलौकिक उपहारलाई तपाईंंले कदर गर्नुपर्छ । तर, हरेक आमाबाबुले गर्न सकिरहेको हु“दैन । सफल आमाबाबु तपार्इं त्यतिबेला बन्न सक्नुहुन्छ जब तपार्इंको बच्चाको शारीरिक, मानसिक र हरेक क्षेत्रको विकास भएको हुन्छ ।
ड्ड तपाईंले सध“ै बच्चाको माग एकपटकमै पूरा नगर्नुहोस् । सक्नुहुन्छ भने त्यो पूरा गराउन केही समय पर्खाउनुहोस् । उसलाई तत्काल उसको इच्छा र माग पूरा नगर्दा उसमा धैर्यताको विकास हुन्छ । भोलिको दिन कुनै कुरा नपाए पनि ऊ दुःखी हुनु पर्दैन । धैर्य रहने बानीको विकास हुन्छ । तत्कालै उसको आवश्यकता पूरा गरिदिए उसमा धैर्यताको विकास हुन सक्दैन । जसकारण उसको आवश्यकता पूरा नगरि“दा भविष्यमा तपाईंलाई ज्यादा घृणा गर्न सक्छ । त्यसकारण बच्चालाई धैर्यताको पाठ पढाउनुपर्छ ।
ड्ड त्यस्तै तपाईंको बच्चामा रहेको अवगुणको भन्दा गुणको ज्यादा व्याख्या गर्नुहोस् । उसको गुण के छ, त्यो पहिल्याउनुहोस् । आफ्नो बच्चालाई राम्ररी सुन्नुहोस् । ऊ के भन्न चाहन्छ ताकि सम्झाउनका लागि सजिलो होस् ।
ड्ड बच्चालाई धेरै सल्लाह नदिनुहोस् । किनभने विनाकाम सल्लाह मात्रै दिनाले बच्चाले त्यसलाई सुन्दैन । आमाबाबु क्यासेट जसरी बोल्छन् मात्रै भन्ने उनीहरूमा भान पर्न सक्छ ।
ड्ड कुनै पनि सल्लाहलाई पहिले आफै“मा लागू गर्नुहोस् । त्यसपछि मात्रै बच्चालाई भन्नुहोस् । आजको बच्चा भनेको आफ“ैले गर्दैन । अरूले गरेको देखेर सिक्छ । तपाईं भोलि बुढेसकालमा आफ्ना बच्चाबाट मान–सम्मान पाउन चाहनुहुन्छ भने तपाईंले आफ्नै बूढा आमाबुबालाई राम्रो सेवा गर्नुहोस् । ताकि यो हेरेर तपाईंको बच्चाले तपाईंलाई पनि यस्तै सेवा गर्नेछ ।
ड्ड बच्चालाई कहिल्यै नपिट्नुहोस् । कुनै कारणवश बच्चाले गलत बोलेमा पनि पिट्ने नगर्नुहोस् । धैर्यताको साथ उसलाई नियन्त्रण गरेर राम्रोस“ग सम्झाउने काम गर्नुहोस् ।
ड्ड बच्चालाई हामीले यो गर्नुहुन्न, त्यो गर्नुहुन्न भन्छौ“ तर अबदेखि यो भनौ“ अब यो गर । ताकि उसले दिमागमा हरेक कुरालाई सकारात्मक रूपमा लिन सिकोस् ।
ड्ड विनासल्लाह र मद्दत कुनै पनि कुरा तपाईंस“ग मागेमा नदिनुहोस् । विनासल्लाह कुनै कुरा माग्ने बानीले बच्चा तपाईंमा आश्रित बन्छ ।
ड्ड तपाईंहरूको बच्चाको प्रवृत्तिबारे पनि राम्ररी ख्याल गर्नुहोस् । बच्चा कस्तो छ, कोस“ग खेलिरहेको छ । के गरिरहेको छ, उसको हरेक गतिविधि नजिकबाट नियाल्नुहोस् ।
ड्ड आज–भोलि आमाबुबाका जीवन निकै व्यस्त रहने गर्छ तैपनि बच्चालाई दिनको केही समय छुट्याएर उनीहरूस“ग बिताउनुहोस् ।
ड्ड बच्चालाई खेल्न दिनुहोस् । कुनै सामान टुटफुट गरेमा पनि नकुट्नुहोस् किनभने सामान टुटे पनि बच्चको दिल नटुटाउनुहोस् । समय मिलाएर तपाईं पनि बरु बच्चास“गै खेल्ने कोसिस गर्नुहोस् । किनभने बच्चास“ग खेल्दै गर्दा तपाईं उसको मित्र बन्न सक्नुहुन्छ । त्यसले भोलिका दिनमा बच्चाले केही नराम्रो गरे पनि तपाईंलाई पहिले उसले त्यो कुरा बताउनेछ । त्यसबेला उसलाई तपाईंले सही दिशानिर्देशन गर्न सक्नु हुनेछ ।
ड्ड बच्चाहरू धेरै टिभी हेर्न खोज्छन् । त्यसबेला तपाईं यो हेर्न हुन्न नभन्नुहोस् बरु तपाईं पनि टिभी नहेर्नुहोस् । बच्चालाई सुधार्न चाहनुहुन्छ भने त्यसलाई तपाईं नै आफ्ना नराम्रा बानी सुधार्ने कोसिस गर्नुहोस् ।
ड्ड कुनै पनि बच्चा जीवनमा राम्रो हुनु र राम्रो नहुनुमा उसको आमाबाबुको क्रियाकलाप र बानी–व्यवहारमा निर्भर रहन्छ ।
ड्ड हरेक बच्चाका लागि उसका आमाबाबु रोलमोडल हुन्छन् । उदाहरणका लागि दुई वा तीन वर्षको बच्चा छ, आमाले लगाएजस्तो लिपिस्टिक लगाउन चाहना राख्छ । आमाले लगाएजस्तै साडी लगाउन खोज्छ । आमा राम्रो भएको यी कुरा लगाएकाले नै हो भन्ने उसमा छाप परेको हुन्छ । आमा र बाबुको हरेक कुरा बच्चाले नक्कल गरिरहेको हुन्छ । तपाईंले गलत कुरा गरिरहनुभएको छ भने त्यसको प्रभाव बच्चामा पनि परिरहेको हुन्छ ।
ड्ड तपाईंस“ग फुर्सद छ भने बच्चालाई पढाइका साथै गीत गाउने, नाच्ने कलाबारे पनि सिकाउने कोसिस गर्नुहोस् ।
ड्ड बच्चामा जति कुराको विकास भएको हुन्छ, त्यसमा वातावरणको जम्मा १० प्रतिशत मात्रै प्रभाव परिरहेको हुन्छ । स्कुल, कलेजको २० प्रतिशत, हामी आफूले गरेको कामको २० प्रतिशत र आफ्नो पारिवारिक वातावरणको ४० प्रतिशत असर परिरहेको हुन्छ । १० प्रतिशत अन्य कुराको असर परिरहेको हुन्छ ।
ड्ड त्यसैले आफ्नो बच्चाका लागि पारिवारिक वातावरण बढीभन्दा बढी दिनुहोस् । गलत साथी भए पनि उसले आफूलाई सुधारेर अगाडि बढ्ने मौका पाउ“छ ।
ड्ड आफ्नो बच्चाको प्रशंसा अरूको सामु गर्नुहोस् । तर, उसको कुनै दोष छ भने उसलाई एकान्तमा आएर सल्लाह दिनुहोस् ।
ड्ड आफ्नो बच्चालाई अरू बच्चास“ग कहिल्यै पनि नदा“ज्नुहोस् किनभने हरेक बच्चामा आ–आºनो किसिमको युनिक ट्यालेन्सी हुन्छ । तसर्थ उसलाई मोटिभेट गर्दै राम्रो पर्फमेन्सका लागि सपोर्ट गर्नुहोस् । जसले जीवनमा ऊ अगाडि बढोस् ।
ड्ड आफ्नो बच्चास“ग आफूलाई पनि बच्चा नै सम्झिएर काम गर्नुहोस् ।
ड्ड बच्चालाई तनाव नदिनुहोस् । उसलाई मन परेको व्यक्तिबाट सल्लाह दिलाउनुहोस् । किनभने उसले त्यसलाई सजिलै बुझ्छ । अनि त्यस व्यक्तिलाई कदर गर्दै उसको सल्लाह पालना गर्छ ।
ड्ड तपाईंको बच्चाले जे देख्छ, त्यही सिक्छ । त्यसमा बढी ध्यान दिनुहोस् ।
ड्ड बच्चालाई कहिल्यै पनि मह“गो उपहार नदिनुहोस् । बरु उसको दिमागको विकासका लागि पैसा लगानी गर्नुहोस् । फुर्सदमा नया“ ठाउ“मा लैजानुहोस् । नया“ ठाउ“मा जा“दा उसको दाया“पट्टिको दिमाग एक्टिभ हुन्छ ।
ड्ड जस्तोसुकै व्यस्त जीवन भए पनि आफ्नो बच्चास“ग २४ घन्टामा केही मिनेट भए पनि दिनुहोस् र स“गै बस्नुहोस् । बच्चाको हरेक गतिविधि सोध्ने र समस्या बुझ्ने कोसिस गर्नुहोस् । त्यसले गर्दा बच्चामा मेरो बाबुआमाको जीवनमा मेरो महŒव भन्ने बुझ्न सिकाउ“छ । बच्चा र तपाईंबीच सम्बन्ध राम्रो बन्दै जा“दा परिवार र बच्चा दुवैको राम्रो विकास हुन्छ । भोलिका दिनमा श्रवणकुमारजस्तो आज्ञाकारी छोराछोरी बन्न सक्छन् ।
ड्ड हरेक आमाबुबालाई यो सल्लाह दिन चाहन्छु कि, फुर्सदको समयमा हिन्दी फिल्म ‘जैसी करनी वैसी भर्नी’, ‘तारे जमिन पर’ र ‘फरारी की सवारी’ हेर्नुहोला । जसबाट जीवन कसरी जिउने र सन्तानको संस्कारपूर्वक जीवन दिने कसरी भन्नेबारे आमाबाबुले धेरै कुरा सिक्न सक्छन् ।

Post a Comment