0

दाँत नमाझ्नेलाई ठूलो आन्द्रा क्यान्सरको खतरा

    मुख तथा दाँतको सफाइमा ध्यान नदिने मान्छेमा ठूलो आन्द्राको क्यान्सर हुन सक्ने खतरा हुने एक अध्ययनले देखाएको छ ।

अमेरिकी जर्नल सेल होस्ट एण्ड माइक्रोबमा प्रकाशित एक लेखमा मुखमा हुने सुक्षम ब्याक्टेरियाले ठूलो आन्द्रामा हुने कोलोरेक्टल क्यान्सर निम्त्याउन सक्ने उल्लेख गरिएको छ ।
फुसो ब्याक्टेरिया नामक सुक्ष्म जीवाणुले पाचन प्रणालीमा असर पारी ठूलो आन्द्रामा ट्युमर विकास गर्न सघाउने लेखिएको छ । अध्ययनकर्ताले मुखमा पाइने फुसो ब्याक्टेरिया कोलोरेक्टल क्यान्सर पीडितका संक्रमण भएका भागमा पनि प्रशस्तै पाइएको बताएका छन् ।
अमेरिकामा क्यान्सरबाट ज्यान गुमाउने मध्ये कोलोरेक्टल क्यान्सर दोस्रो प्रमुख कारण रहेको छ । अध्ययनकर्ताले फुसो ब्याक्टेरिया संक्रमण र यसले निम्त्याउने खतरा न्युनीकरणका लागि मुख तथा दन्त स्वास्थ्यमा ध्यान दिन जोड दिएका छन् ।

Post a Comment

 
Top